असोज १ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

  • असोज १, २०८२ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल आश्विन १ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी, ४८ घडी ४४ पला, रातको १ बजेर २० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु, ९ घडी २२ पला, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग– परिध, ५१ घडी ४० पला, रातको २ बजेर ३० मिनेट उप्रान्त शिव । करण–बव, दिउसो १ बजेर ५८ मिनेट उप्रान्त बालव, रातको १ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । आश्विन सङ्क्रान्ति। इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। वास्तु दिवस। विश्वकर्मा पूजा। काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान ३० घडी ३६ पला ।  

आजको बार बेला ।  

  • बिहान ५ बजेर ५० मिनेटसम्म लाभ बेला ।
  • बिहान ५ बजेर ५१ मिनेटदेखि बिहान ७ बजेर २२ मिनेटसम्म अमृत बेला ।
  • बिहान ७ बजेर २३ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म रोग बेला ।
  • बिहान ११ बजेर ५८ मिनेटदेखि दिउसो १ बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो १ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर १ मिनेटसम्म चर बेला ।
  • दिउसो ३ बजेर २ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ११ बजेर ५७ मिनेटदेखि दिउसो १ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर १४ मिनेटदेखि बिहान ४ बजेर ५२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँगको भेटघाटमा विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको । तर पनि बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सवारी  साधनको खरिद बिक्रीबाट नाफा कमाउन सकिनेछ ।  
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । सवारी साधन तथा मेसीनरी औजारको सरसफाइ तथा पूजापाठमा केही समय व्यातित हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । मेसीनरी औजार तथा आफूले प्रयोग गर्ने सामानको सरसफाइ तथा पूजापाठमा समय व्यातित गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । पूजापाठ तथा धर्मकर्ममा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । पूजापाठ तथा सरसफाइमा समय खर्च हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । खाद्यान्न, कपडा, धार्मिक सामाग्री तथा गरगहनाको व्यापारमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । मेसीनरी औजार सरसफाइ तथा पूजापाठमा समय व्यातित हुनेछ ।
  • बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । खाद्यान्न, कपडा तथा निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जानेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । मेसीनरी औजार, भौतिक सम्पत्तिको सरसफाइ तथा पूजामा समय व्यातित हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको ।  प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । धर्मकर्म तथा सरसफाइमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।  प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा गरगहनाको व्यापारबाट नाफा कमाउन सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । मेसीनरी औजार सरसफाइ तथा धर्मकर्म पूजापाठमा समय खर्च हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब