जनमतमा असन्तुष्टि चुलिँदै ! मुख्यमन्त्री सिंह पछि अध्यक्ष राउतको राजीनामा माग, पार्टी छाड्न धम्की

  • असोज २, २०८२ | ५०९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामाको विषयलाई लिएर पार्टीभित्र देखिएको विवाद अहिले सीके राउतको राजीनामासम्म पुगेको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले जेन– जी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा स्टेटस लेखेर राजीनामा दिएको जनाए पनि अन्तिममा भने उनले आफ्नो सत्तालोलुपता देखाउँदै पद नछाडेपछि जनमत पार्टी मधेश प्रदेशको संसदीय दलका नेता महेशप्रसाद यादवले नै सरकारबाट समर्थनसंगै मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाएको पत्र सभामुखदेखि प्रदेश प्रमुखको कार्यालयसम्म पठाए । तर सो पत्रको दबाबलाई समेत बेवास्ता गर्दै मुख्यमन्त्री सिंहले अडान कायमै राख्दै प्रदेशसभामा विश्वासको मत लिने रणनीति बनाएका छन् ।

मधेश प्रदेश सरकारलाई लिएर जनमतमा विवाद उत्पन्न भएकै बेला पार्टीमा समेत सीके राउतको राजीनामा माग गर्दै सीकेका दाजुसमेत रहेका संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टे अल्टिमेटम दिइएको छ । पार्टीका उपाध्यक्ष अब्दुल खाँको नेतृत्वमा पदाधिकारीसहित विभिन्न जनवर्गीय संगठनका अध्यक्षसमेत ६ जना नेताले बुधबार हस्ताक्षरसहितको नेतृत्व परिवर्तन सम्बन्धी पत्र संगठन विभाग विभाग जयकान्त राउतलाई बुझाएका छन् ।

जनताको अथक प्रयासबाट पार्टी बने पनि पछिल्लो समय शीर्षनेतृत्वतहबाट देखिएको कमी कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै अध्यक्ष राउतको राजीनामा मागिएको छ ।

अध्यक्ष राउतको राजीनामा माग गर्नेमा पार्टीका केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् । जनमत पार्टीका अध्यक्ष डा. राउतलाई राजीनामा माग्दै बुझाएको पत्रपछि सीके राउतले उनीहरुलाई पार्टी छोड्ने मौका यही भएको भन्दै सामाजिक सञ्जालको माध्यमबाट प्रतिक्रिया दिएका छन् ।

जेन– जी आन्दोलनपछि जनमतमा पनि राउतको राजीनामा माग्न थालेपछि सीके राउतलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै भनेका छन्, ‘यही सही मौका हो, जनमत पार्टी छोड्नलाई । मौकाको सदुपयोग गर्नुहोस् ।’ उनले अगाडि भनेका छन्, ‘प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने । यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नु परेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन । किनकी अहिले कुनै बहाना पनि चाहिँदैन । जेन– जी आन्दोलन छ, युवाहरूको रापताप छ ।’ उनले पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाइ शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह समेत गरे ।

जेन– जी आन्दोलनपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा नेपालमा पनि नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने नेतृत्वमाथि दबाब बढिरहँदा जनमत पार्टीमा पनि अध्यक्ष राउतको राजीनामा माग्दै पार्टीभित्र देखिएको चरम नातावाद, आफन्तवाद र भाइभारदारविरुद्धको आन्दोलनमा छ जना नेताले आफ्नो पार्टीभित्र देखिएको विभिन्न असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको खाँचोलाई औँल्याएका छन् ।

यसअघि अध्यक्ष राउतको आलोचना गरेपछि वरिष्ठ उपाध्यक्ष ई. दीपक साहलगायत दर्जनौँ नेतालाई निलम्बनसंगै पार्टीबाट निष्काशित गरेका थिए ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब