जनप्रतिनिधिले नै आगजनी गराएको भिडियो सार्वजनिक

  • असोज २, २०८२ | ३९८ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनको क्रममा सिरहाको कल्याणपुर नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीमा वडाध्यक्षकै संलग्नता पुष्टि हुने भिडियो सार्वजनिक भएको छ । कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार यादवले नै भीडलाई उक्साएको भिडियो सार्वजनिक भएको छ । जनमत पार्टीबाट वडाध्यक्ष यादव निर्वाचित भएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले दिनेश नाम गरेका एक युवालाई कार्यालयको लगाइएको ताला तोड्न र आगो लगाउन भनेका छन् ।

नगरपालिकाको कार्यालय अगाडि जम्मा भएको भीडमै रहेका वडाध्यक्ष यादवले उक्त भिडियोमा दिनेशलाई कार्यालयको ताला तोड्न र आगजनी गर्न निर्देशन दिएका छन् । नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट गर्न वडाध्यक्ष यादवले नै भीडलाई ल्याएर उक्साएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरूलाई आगजनीका लागि पेट्रोल किन्न पनि उनले नै पैसा दिएको कुरा त्यहाँ सुनेको उनको दाबी छ । ’म त्यहीँ थिएँ, प्रहरीले पनि रोक्न धेरै कोसिस ग¥यो, हामीले पनि ग¥यौं,’ स्थानीय धनुष मण्डलले भने, ‘तर, भीडलाई यसरी उक्साइयो कि क्षणभरमै त्यति ठूलो क्षति भयो, यो घटनामा उनी पर्दामा देखिए पनि पर्दाभित्र अरू पनि छन्, यहाँका सबैलाई थाहा छ ।’

नगरपालिकाको ट्याक्टर र जेनेरेटरलगायत आगजनीबाट पूर्ण रूपमा जलेको छ भने कार्यालयभित्रको दराज, टेबल, सोफा, कम्प्युटर, कुर्सीमा तोडफोड र आगजनी गर्दै अधिकांश उनीहरूले लुटेर लगेका हुन् । यसबाट करिब दस करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको नगरपालिकाले जनाएको छ ।

कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित अख्तियारद्वारा पक्राउ परेर निलम्बनमा परेपछि उनी निकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटकपटक विवाद गर्ने प्रयास गर्दै आएका थिए । तर यसपल्ट भने आन्दोलनको फाइदा उठाउँदै उनले यस्तो गरेको कार्यबाहक नगरप्रमुख रेखा देवी यादवको आरोप छ ।

यता वडाध्यक्ष यादवले आफू मुछिएको व्यक्तिगत घटनामा कानुनी कारबाहीबाट जोगिन सरकारी लेटरप्याडको दुरुपयोग गरेका छन् । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रहेको भिडियोका आधारमा वडाध्यक्षलगायतकै संलग्नता रहेको देखिएपछि सिरहा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीमाथि आरोप लागेपछि उनले सरकारी लैटरप्याडमै खण्डन गर्दै लेटप्याड दुरुपयोग गरेका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र आफू अर्कै कामले कल्याणपुर जाने क्रममा नगरपालिका कार्यालयअगाडि रोकिएको दाबी गरे ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब