नवरात्र तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा

  • असोज ८, २०८२ | ६०३ पटक पढिएको | सीमा संदेश
alt

शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् । देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।

धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।

पूजा सामाग्री:

फूल, अक्षता, धूप, दीप, नैवेद्य (दुधजन्य परिकार) गंगाजल, चन्दन, बेलपत्र ।

पूजा  विधि:

स्नान गरी सफा कपडा धारण गरी दाहिने हातमा जल, अक्षता र फूल लिई सङ्कल्प गर्नुपर्दछ । मम समस्त पापक्षपद्वारा श्री दुर्गा प्रत्यर्थी चन्द्रघण्टा पूजन करिष्ये । कलशमा जल, सुपारी, दूबो, अक्षता र सिक्का राखेर ढाक्नुपर्दछ र त्यसमाथी नरिवल राख्नुपर्दछ । कलशलाई माता चन्द्रघण्टाको प्रतीक मानि पूजा गर्नुपर्दछ । ॐ  चन्द्रघण्टायै नमः उत्चारण गरी फलपूल, दुध वा दुधजन्य परिकार, वस्त्र, अर्घ, गन्ध आदि अर्पण गर्नुपर्दछ । दुर्गा सप्तशती चण्डीको तेस्रो अध्याय पाठ गर्नुपर्दछ जसमा माता चन्द्रघण्टाको वर्णन गरिएको । शक्तिशाली देवी मन्त्रः । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” १०८ वा १००८ चोटी जप गर्नुपर्दछ र अन्तमा भजन गाई आरती गर्नुपर्दछ ।

माता चन्द्रघण्टाको पूजा गर्नाले आत्मबल बढ्ने, नकारात्मक ऊर्जा तथा भएको अन्त हुने र पारिवारिक सुख शान्तिमा वृद्धि हुने शास्त्रमा वर्णन गरिएको छ ।

नवरात्र अवधिमा शोभा भगवती, नक्साल भगवती, गुयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, बङ्गलामुखी तथा उपत्यका बाहिर धरान, भोजपुर ताप्लेजुङ, गोरखा, दाङ लगायत शक्तिपीठहरुमा बिहानै देखी दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।

चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।

यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।

नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब