नवरात्र तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा

  • असोज ८, २०८२ | ५०२ पटक पढिएको | सीमा संदेश
alt

शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् । देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।

धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।

पूजा सामाग्री:

फूल, अक्षता, धूप, दीप, नैवेद्य (दुधजन्य परिकार) गंगाजल, चन्दन, बेलपत्र ।

पूजा  विधि:

स्नान गरी सफा कपडा धारण गरी दाहिने हातमा जल, अक्षता र फूल लिई सङ्कल्प गर्नुपर्दछ । मम समस्त पापक्षपद्वारा श्री दुर्गा प्रत्यर्थी चन्द्रघण्टा पूजन करिष्ये । कलशमा जल, सुपारी, दूबो, अक्षता र सिक्का राखेर ढाक्नुपर्दछ र त्यसमाथी नरिवल राख्नुपर्दछ । कलशलाई माता चन्द्रघण्टाको प्रतीक मानि पूजा गर्नुपर्दछ । ॐ  चन्द्रघण्टायै नमः उत्चारण गरी फलपूल, दुध वा दुधजन्य परिकार, वस्त्र, अर्घ, गन्ध आदि अर्पण गर्नुपर्दछ । दुर्गा सप्तशती चण्डीको तेस्रो अध्याय पाठ गर्नुपर्दछ जसमा माता चन्द्रघण्टाको वर्णन गरिएको । शक्तिशाली देवी मन्त्रः । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” १०८ वा १००८ चोटी जप गर्नुपर्दछ र अन्तमा भजन गाई आरती गर्नुपर्दछ ।

माता चन्द्रघण्टाको पूजा गर्नाले आत्मबल बढ्ने, नकारात्मक ऊर्जा तथा भएको अन्त हुने र पारिवारिक सुख शान्तिमा वृद्धि हुने शास्त्रमा वर्णन गरिएको छ ।

नवरात्र अवधिमा शोभा भगवती, नक्साल भगवती, गुयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, बङ्गलामुखी तथा उपत्यका बाहिर धरान, भोजपुर ताप्लेजुङ, गोरखा, दाङ लगायत शक्तिपीठहरुमा बिहानै देखी दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।

चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।

यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।

नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब