गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

  • कार्तिक १४, २०८३ | ४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगायतका करदाता सेवा शुरु हुने भएको छ । यसका लागि गोलबजार नगरपालिका र आन्तरिक राजस्व कार्यालय, लहानबीच समझदारीपत्र -एमओयू) मा हस्ताक्षर भएको छ ।

करदाता सेवा दिने सिरहा जिल्लामा स्थानीय तहमार्फत करदाता सेवा प्रवाह गर्ने पहिलो स्थानीय तहका रूपमा गोलबजार नगरपालिका अघि आएको छ । आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख अमित पौडेलका अनुसार सिरहा जिल्लाका १७ स्थानीय तहमध्ये करदाता सेवा प्रवाहका लागि कार्यालयसँग सम्झौता गर्ने गोलबजार नगरपालिका पहिलो हो । यस व्यवस्थाले सेवाग्राहीलाई करसम्बन्धी कामका लागि लहानसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने र समय तथा खर्च बचत गर्ने अपेक्षा गरिएको छ ।

प्रमुख पौडेलले अन्य नगरपालिका तथा गाउँपालिकाले पनि समयमै सम्झौता गरी स्थानीयस्तरबाटै करदाता सेवा उपलब्ध गराउने विषयमा पहल गर्नुपर्ने बताए । यसबाट सेवाग्राहीलाई सहज हुनुका साथै आन्तरिक राजस्व कार्यालयमा पर्ने सेवाग्राहीको चापसमेत कम हुने उनको भनाइ छ । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाका अनुसार नगरपालिकामा रहेका अधिकांश साना तथा व्यक्तिगत करदातालाई लक्षित गरी यो सेवा सञ्चालन गर्न लागिएको हो। नगरपालिकाका व्यापारीमध्ये ठूला करदाताको संख्या तुलनात्मक रूपमा कम रहेको र अधिकांशलाई व्यक्तिगत पान तथा व्यावसायिक पान आवश्यक पर्ने उनले बताए ।

नगरपालिकाबाट व्यक्तिगत स्थायी लेखा नम्बर -ब्यक्तिगत प्यान), व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) तथा मूल्य अभिवृद्धि कर -भ्याट) दर्ताका लागि आवश्यक सहजीकरण लगायतका सेवा उपलब्ध गराउने तयारी गरिएको छ । यसका साथै समझदारीअनुसार कर चुक्ता प्रमाणपत्र तथा अन्य कर सम्बन्धी सेवा दिइनेछ ।

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब