कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक १५, २०८३ | ४४ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ९ बजेर १४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–आर्द्रा, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग–सिद्ध, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त साध्य । करण–गर, बिहान १० बजेर ३६ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर २४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४२ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर १४ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर १५ मिनेटदेखि बिहान ७ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ७ बजेर ३८ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म रोग बेला ।
  • बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो २ बजेर ३४ मिनेटदेखि दिउँसो ३ बजेर ५६ मिनेटसम्म काल बेला ।
  • बेलुकी ३ बजेर ५७ मिनेटदेखि बेलुकी ६ बजेर ५६ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ९ बजेर ०० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । व्यापार तथा उद्योगमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडी बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडी आउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकूल चल्न सकिने हुनाले व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले लगानी गरी आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ । शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन  सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउ

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्व ...

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब