जेन–जी आन्दोलनः रवि लामिछाने जोडिएका धेरैजसो फाइल जलाइए

  • असोज ८, २०८२ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनको क्रममा रास्वपा सभापति रवि लामिछानेका मुद्दासम्बन्धी मिसिल पनि जलाइएको पाइएको छ। अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजाखोजी ध्वस्त पार्ने क्रममा लामिछानेविरुद्धका फाइल पनि जलेको पाइएको हो। 

 नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने निस्किएर उत्सव मनाए लगत्तै कास्की अदालतमा आगो लगाएर सूर्यदर्शन सहकारीको फाइलमा जलाइएको थियो। कास्कीमा पनि सुरुमा अदालतमा आगो लगाइएको थियो। आक्रमणकारीहरूले रवि लामिछाने जोडिएका धेरैजसो फाइल ध्वस्त पारेको स्रोतको दाबी छ।

कास्की र चितवन जिल्ला अदालतमा पनि आगलागी भएको थियो। कास्कीमा प्रदर्शनकारीले भदौ २३ गतेदेखि नै जिल्ला अदालत आसपास प्रदर्शन गरेपछि दिउँसो निषेधाज्ञा जारी गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा पनि आगो लगाइएको त्यहाँबाट काठमाडौँ आएका एक प्रहरी कर्मचारीले बताए। कास्की जिल्ला अदालतमा प्रदर्शनकारीले सुरुमै ३ नम्बर फाँटलाई निसाना बनाएको थियो। उक्त फाँटमा लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी मुद्दासम्बन्धी मिसिल भएको स्रोतको दाबी छ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब