असोज १० गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

  • असोज १०, २०८२ | ५७५ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल आश्विन १० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी, १ घडी ५१ पला, बिहान ६ बजेर ३९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–विशाखा, ३६ घडी ४१ पला, बेलुकी ८ बजेर ३५ मिनेट उप्रान्त अनुराधा । योग–विष्कुम्भ, ४१ घडी ३८ पला, बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–भद्रा, बिहान ६ बजेर ३९ मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर ४२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला, मध्यान्ह १ बजेर ५५ मिनेट उप्रान्त वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान ३० घडी ० पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५४ मिनेटसम्म चर बेला ।
  • बिहान ५ बजेर ५५ मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ११ बजेर ५५ मिनेटदेखि दिउसो १ बजेर २४ मिनेटसम्म रोग बेला ।
  • दिउसो १ बजेर २५ मिनेटदेखि दिउसो २ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ४ बजेर २४ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर २५ मिनेटदेखि बेलुकी ७ बजेर २४ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १८ मिनेटदेखि बिहान ४ बजेर ५६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । उपभोग्य वस्तु तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खाद्यान्न, पहिरन तथा बिलासी सामानको व्यापारबाट उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । यात्रा तथा पारिवारिक माहौलमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले उपभोग्य बस्तु तथा पहिरनको व्यापारमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ । यात्रा, मनोरञ्जन तथा पारिवारिक मिलनको योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, उपभोग्य बस्तु तथा पहिरनमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उपभोग्य बस्तु र पहिरनको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी  सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट नाफा कमाउन सकिने तथा लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको शैक्षिक यात्रा हुने योग रहेको छ । शुभ तथा माङ्गलिक काममा रुपैयाँ पैसा खर्च हुनेछ । अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । धर्म कर्ममा मन जाने तथा बिहानको समयमा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन र बिलासी बस्तुको लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।  
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इमानदार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । वित्तीय क्षेत्र, उपभोग्य बस्तु, पहिरन र बिलासी सामानमा लगानी गर्नेहरूका लागी समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी  सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । यात्रा, पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । यात्रा तथा पारिवारिक मिलनको योग रहेको छ ।  धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब