असोज १५ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

  • असोज १५, २०८२ | ७०९ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग
वि.सं. २०८२ साल आश्विन १५ गते, बुधबार । ईस्वी सन् २०२५ अक्टोबर १ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । आष्विन शुक्ल पक्ष ।
तिथि – नवमी, दिउँसो २ बजेर ३३ मिनेटपछि दशमी ।
नक्षत्र – उत्तराषाढा, अहोरात्र ।
योग – अतिगण्ड, बेलुकी १० बजेर ५८ मिनेटपछि सुकर्मा ।
करण – कौलव, दिउँसो २ बजेर ३३ मिनेटपछि तैतिल, राति २ बजेर ४७ मिनेटपछि गर ।
आनन्दादि – वज्र योग ।
चन्द्र राशि – धनु । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २९ घडी ३९ पला ।

आजको बारबेला

  • बिहान ५:५७ सम्म लाभ बेला ।
  • बिहान ५:५८ देखि बिहान ७:२५ सम्म अमृत बेला ।
  • बिहान ७:२६ देखि बिहान ८:५४ सम्म काल बेला ।
  • बिहान ८:५५ देखि बिहान १०:२४ सम्म शुभ बेला ।
  • बिहान १०:२५ देखि बिहान ११:५३ सम्म रोग बेला ।
  • बिहान ११:५४ देखि दिउँसो १:२३ सम्म उद्धेग बेला ।
  • दिउँसो १:२४ देखि दिउँसो २:५२ सम्म चर बेला ।
  • दिउँसो २:५३ देखि बेलुकी ४:२० सम्म लाभ बेला ।
  • बेलुकी ४:२२ देखि बेलुकी ७:२० सम्म उद्धेग बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्नु छ भने लाभ बेला वा अमृत बेलामा गर्नुहोला ।

राहुकाल

बिहान ११:५४ देखि दिउँसो १:२५ सम्म राहुकाल रहनेछ ।
नोट: राहुकालमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४:२१ देखि बिहान ४:५९ सम्म ब्रह्म मुहूर्त रहनेछ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो लगानीमै व्यापार फस्टाउनेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ र घर–परिवार तथा आफन्तबाट सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रशन्न हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । माया–प्रेममा नजिकिन सकिनेछ तथा आफन्तबाट सहयोग पाइनेछ । लामो दूरीको यात्राको योग रहेको छ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । तर सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । स्वास्थ्य समस्या देखिन सक्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्य सामग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्त हुने योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ । प्रेममा आत्मीयता बढ्नेछ र रमाइलो यात्राको अवसर हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा लगानी गरेर मनग्य धन आर्जन गर्न सकिनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तपाईंको आलोचकहरू पनि तपाईंकै प्रशंसा गर्नेछन् । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काममा ध्यान केन्द्रित गर्दा इच्छाअनुसार सफलता प्राप्त हुनेछ । आफन्त तथा गुरुजनको सुझावलाई सम्मानपूर्वक स्वीकार्दै अघि बढ्न सकिनेछ । मन परेको व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेममा सामीप्यता बढ्नेछ । सन्तान तथा आफन्तसँग रमाइलो यात्रामा जान सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति तथा समाजसेवामा सक्रिय हुनेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोस्, काम बिग्रँदा मान–सम्मानमा आघात पुग्न सक्छ । आमा वा आमा सरहका व्यक्तिसँग टाढिएर देश–विदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पुराना समस्याहरूलाई समय दिएर समाधान गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापार फस्टाउनेछ । छोटो तथा रमाइलो यात्राको योग छ । यात्रामा रमाइला साथीहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ र सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रो परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषय तपाईंकै पक्षमा आउनेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
परिवार तथा आफन्तले समस्याहरू बुझ्ने भएकाले काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्य धन आर्जन गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने भएकाले महत्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया–प्रेममा विश्वास बढ्नेछ र जीवनसाथीको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ । उपभोग्य तथा औषधीजन्य सामानको व्यापार फस्टाउनेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
स्रोत साधनलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । समयमा निर्णय लिन सक्दा मान–सम्मानमा वृद्धि हुनेछ । प्रेममा आत्मीयता बढ्नेछ । साथीभाइसँग मिठो खानपान र रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोस्, सामान्य स्वास्थ्य समस्या आउन सक्छ । पढाइ–लेखाइ आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोस् । व्यापारमा प्रशस्त लगानी गरे पनि प्रतिफल न्यून आउन सक्छ । तर यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय बित्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानीबाट मनग्य नाफा दिनेछ । प्राकृतिक स्रोत–साधन प्रयोग गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक धन तथा सम्पत्ति हात लाग्ने योग छ । प्रतिस्पर्धीलाई पछाडि पार्दै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढ्नेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सम्मानित काम सम्पन्न गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट सोचेभन्दा बढी आम्दानी हुनेछ, जसले नयाँ क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ खोज तथा अनुसन्धान गर्न सकिनेछ । सार्थक नतिजाले उत्साह जगाउनेछ । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब