‘एमालेसँगको सत्ता सहकार्य घातक’

  • असोज २४, २०८२ | ४१० पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने प्रक्रिया अगाडि बढिरहँदा कांग्रेसभित्रै पनि दुई ठूला दल मिलेर सत्ता समीकरण बनाउनुको विरोध हुन थालेको छ । त्यस्तै अर्कोतर्फ मधेश प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले अझैसम्म पनि आफ्नै सत्तागठबन्धनका सहयात्री दल र आफ्नै पार्टीलाई समेत छलेर राजीनामा नदिने हठमा छन् ।

नेपाली कांग्रेसका नेता रामसरोज यादवले नेकपा एमालेसँगको सत्ता सहकार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तागठबन्धनलाई लिएर मधेश प्रदेशमा पहिलोपटक नेता यादवले सार्वजनिक रुपमा आफ् नो असन्तुष्टि पोखेका छन् । केही महिना अघि भएको जेन– जी आन्दोलनको क्रममा केन्द्रमा शक्तिशाली सरकारको रुपमा रहेको कांग्रेस–एमालेको संयुक्त सरकार एक्कासी ढलेपछि तत्कालै मधेश प्रदेशमा एमालेसंग सहकार्य गरी सरकार बनाउनु घातक भएको पूर्वमन्त्रीसमेत रहेका नेता यादवले टिप्पणी गरे ।

मधेश प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले आफ् नो नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको एक दिन नबित्दै नेता यादवले एमालेसँगको गठबन्धनप्रति असन्तुष्टि जनाए । नेता यादवले भने, ‘एमालेसँग सरकार गठन गर्नु हुँदैन, त्यस पक्षमा हामी शुरु देखिनै छौं ।

संसदीय दलको आगामी बैठकमा यस विषयमा आफ्ना धारणा स्पष्ट रूपमा राख्नेछौँ ।’ उनले केन्द्रमा एमालेसँगको सहकार्यका कारण कांग्रेसले पहिले नै ठूलो राजनीतिक क्षति बेहोरेको दाबी गरे । नेता यादवले भने, ‘यदि मधेश प्रदेशमा पनि एमालेसंग सरकार गठन भयो भने काँग्रेसलाई थप घाटा हुनेछ ।’

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब