ट्रम्पको दाबी : भारतले अब रूसबाट तेल किन्दैन

  • असोज ३०, २०८२ | ४२० पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’

उनले थपे, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’

अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो ।

यसरी भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ ।

मिडियाको प्रश्नमा ट्रम्पले भने, ‘हालै अमेरिकाका नयाँ राजदूत बन्न लागेका सर्जियो गोर र मोदीबीच भेट भयो । त्यसपछि सर्जियोले मलाई भने– मोदीले ट्रम्पलाई माया गर्छन् । तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्न ।’

उनले अगाडि थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेर्दै आएको छु । त्यहाँ प्राय: हरेक वर्ष सरकार बदलिन्छ । तर मेरा साथी मोदी त्यहाँ लामो समयदेखि छन् । उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिए । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।’

फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगायो । त्यसपछि रूसले तेल बिक्री एशियातर्फ मोड्यो ।

रिपोर्टअनुसार, सन् २०२१ मा भारतले रूसी तेलको मात्र ०.२ प्रतिशत आयात गरेको थियो । तर २०२५ सम्म पुग्दा रूस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो । यो भनेको दैनिक औसत १.६७ मिलियन ब्यारेल हो, जुन भारतको कुल आवश्यकताको झण्डै ३७ प्रतिशत हुन्छ ।

भारतले रूसबाट अन्यत्रबाट भन्दा सस्तोमा तेल किन्न पाइरहेको छ । भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् । त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरु बताउँछन् ।

भारतले रूससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशसँग तेल किन्दै आएको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब