सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट पुजारीको मृत्यु

  • कार्तिक २, २०८२ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।

त्यहाँस्थित आफ्नो कुट्टीमा एकलै बस्दै आउनुभएका पुजारी साह शनिबार राति करिब २ः१५ बजे कुट्टी अगाडि रहेको बाटोमा पाँच मिनेट गरिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।

साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनास्थलमा दुई थान खोका फेला परेको छ ।  गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालिएको छ । घटनास्थलबाट भारतको सिमानाका नजिक रहेकाले त्यसक्षेत्रमा चेकजाँचमा कडा पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब