कतारमा पाकिस्तान-अफगानिस्तानबिच तत्काल युद्धविराम गर्ने सहमति

  • कार्तिक २, २०८२ | ३८४ पटक पढिएको | सीमा संदेश

कतारले पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबिच दोहामा भएको उच्चस्तरीय वार्तामा तत्काल युद्धविराम लागू गर्ने सहमति भएको बताएको छ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुवै देशले सीमा क्षेत्रमा स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न प्रणाली स्थापना गर्न पनि सहमति जनाएका छन्।’

जानकारी अनुसार अर्को चरणमा युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्ने छन्।

कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गरेर क्षेत्रीय स्थिरतातर्फ ‘निर्णायक पहिलो कदम’ साबित हुने आशा व्यक्त गरेको छ। 

जियो टिभीका अनुसार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गर्दै युद्धविरामले दुई देशबिचको सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेका छन्।

ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डलहरू अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताए। यसअघि पाकिस्तान र अफगानिस्तानबिचको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित धेरै नागरिकको मृत्यु भएको थियो।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको छ।

पाकिस्तानले भनेको थियो कि सुरक्षा बलले अफगानिस्तानसँग सीमा जोडिएको उत्तर र दक्षिण वजिरिस्तान जिल्लाको सीमावर्ती क्षेत्रमा ‘आतंकवादी शिविरहरू’ लाई निशाना बनाएको थियो। एजेन्सी

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब