मधेस प्रदेश सशस्त्र प्रहरीको उलेख्य उपलब्धी : मात्र ३ महिनामा २६ करोडको अवैध सामान बरामद

  • कार्तिक १८, २०८२ | ४१० पटक पढिएको | सीमा संदेश
alt

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी नेपालले सानो अवधिमा ठूलो उपलब्धी हासिल गरेको छ। मात्र सवा ३ महिनाको सानो अवधिमा सशस्त्र प्रहरीले मधेस प्रदेशमा झण्डै २६ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। उक्त अवधिमा अबैध सामान तस्करीमा संलग्न ३० जना तस्करलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालको कमाण्डमा रहेका मधेस प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मातहतका विभिन्न गणहरूले साउनदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको कारबाहीमा २५ करोड ८७ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको बाहिनीले जनाएको छ।

अवैध ओसारपसारविरुद्धको अभियानअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सास्थित गणहरूले पृथक कारबाहीमा ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेका छन्।

त्यस क्रममा पर्सास्थित सशस्त्र प्रहरी नं।१३ गणले मात्र ९ करोड ९८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। त्यस्तै सोही अवधिमा रौतहटस्थित सशस्त्र प्रहरी बल नं।११ गण हेक्वा रौतहटले २ करोड ९४ हजार ७६८ रुपैयाँको सामग्री बरामद गरेको एसपी रामहरी अधिकारीले बताएका छन्।

मानव बेचबिखनविरुद्धको कारबाहीमा २१ जना महिलाको उद्धार गरिएको र १९ जना पुरुषलाई पक्राउ गरिएको बाहिनीले जनाएको छ। त्यस्तै, एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।

लागुऔषध नियन्त्रणअन्तर्गत २८ क्विन्टलभन्दा बढी गाँजा, ३० किलो चरेस, ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित १७ जना पक्राउ परेका छन्। साथै, सशस्त्र प्रहरीले श्रोत नखुलेको ५२ लाखभन्दा बढी नेपाली र ७ लाख भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

डीआईजी ढकालले जनकपुर टुडे संग कुरा गर्दै सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी र लागुऔषध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न सबै युनिटलाई निर्देशन दिएको बताएका छन्।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब