राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

  • कार्तिक २०, २०८२ | ३०६ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको जानकारी दिनुभयो । आवश्यकता अनुसार आयोगले कार्यतालिकामा फेरबदल पनि गर्न सक्ने छ । उहाँले भन्नुभयो, “आयोगको आन्तरिक कार्यलाई व्यवस्थित बनाउन कार्यतालिका स्वीकृत भएको हो । दलहरूसँगको परामर्शमा निर्वाचन कार्यक्रम पछि प्रकाशन हुने छ ।”

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्ने छ । दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ । दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी आयोगले मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । 

आयोगले स्वीकृत गरेको कार्यतालिकाबमोजिम निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र प्रकाशन गरिने छ । त्यसअघि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमानलगायतका काम कात्तिकभित्रै टुङ्ग्याउने छ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिने छ । 

सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने कानुनी व्यवस्था छ । 

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । 

पदावधि सकिनुभन्दा करिब ४० दिनअघि निर्वाचन हुन लागेको हो । आयोगको कार्यतालिकामा पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, पुस दोस्रो साताभित्र निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुने छ । पुस अन्तिम साता निर्वाचन कार्यक्रमसँगै मतपत्र छपाइलगायतका काम समानान्तर रूपमा सञ्चालन हुने छन् । माघ पहिला साता प्रचारप्रसार अवधि रहने र मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुने छ । 

नेपाल सरकार मन्त्रीपरिषद्को गत कात्तिक १२ गतेको बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने मिति तोकेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने उल्लेख छ । सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको आन्तरिक तयारी सुरु गरेको हो ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब