कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

  • कार्तिक २३, २०८२ | १९८ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक २३ गते । आइतबार । ईश्वी सन् २०२५ नोभेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–चतुर्थी, ९ घडी १२ पला, बिहान १० बजेर २ मिनेट उप्रान्त  पञ्चमी । नक्षत्र–आर्द्रा, ५० घडी ३६ पला, रातको २ बजेर ३६ मिनेट उप्रान्त पुनर्वशु । योग–सिद्ध, ३८ घडी ४८ पला, बेलुकी ९ बजेर ५२ मिनेट उप्रान्त साध्य । करण–बालव, बिहान १० बजेर २ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर १ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २७ घडी १० पला । 

आजको बार बेला ।

  • बिहान ६ बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर २२ मिनेटदेखि बिहान ७ बजेर ४२ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ४३ मिनेटदेखि बिहान ९ बजेर ४ मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर ५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म  शुभ बेला ।
  • दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर ३० मिनेटसम्म रोग बेला ।
  • दिउसो २ बजेर ३१ मिनेटदेखि बेलुकी ३ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो ३ बजेर ५२ मिनेटदेखि बेलुकी ६ बजेर ५१ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ४४ मिनेटदेखि बिहान ५ बजेर ३२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग तथा शेयर बजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो  हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुनाले आँटिला तथा पराक्रमी क्रियाकलाप पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा अग्रजहरूसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रशन्न रहनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।  
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरूको आशा नगर्नुहोला । बुवा तथा बुवा सरहका व्यक्तिहरूको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ । तर पनि व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शैक्षिक  वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ । व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । प्रविधिको भरपुर प्रयोग गरी अपडेट हुने समय रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा  फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नु पदा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ।

तपाईँको दिन शुभ रहोस् ।

जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमल

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड् ...

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत् ...

मंसिर २१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इ ...

मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब