मधेश सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

  • कार्तिक २४, २०८२ | ११८ पटक पढिएको | सीमा संदेश
alt

मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा एमाले भित्रै असन्तोष देखिएको छ ।

आज बिहान उपचारका लागि भन्दै निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । यस विषयमा एमालेकै कतिपय सांसद बेखबर छन् ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएका थिए । तर संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिए ।

‘मैले हिजो नै दलका नेता यादवलाई भेटेर स्पष्टरुपमा भनेको थिएँ– उपधारा ३ मा जानका लागि दबाब नदिनुस्, गल्ती काम नर्गुस् । उपधारा २ अनुसार नै अगाडि बढ्नुस्,’ प्रमुख सचेतक महतोले अनलाइनखबरसँग भने, ‘तर यिनीहरुले भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर सपथ लिए ।’

यस घटनाबारे प्रदेशमा अधिकांश सांसदहरु अनभिज्ञ रहेको उनको भनाइ छ । यसबारे दलमा छलफल गर्ने उनले बताए । ‘यो घटनाबारे ४/५ जना माननीयजी बाहेक अरु कसैलाई जानकारी छैन । अब यस घटनबारे दलमा बसेर छलफल गर्छौं,’ उनले भने ।

मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्वित छन् ।

नेपाली कांग्रेसले पनि मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ ।

जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमल

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड् ...

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत् ...

मंसिर २१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इ ...

मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब