मंसिर २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

  • मंसिर २, २०८२ | ३८४ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मङ्सिर २ गते । मंगलबार । इस्वी सन् २०२५ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–त्रयोदशी, १  घडी ३९ पला, बिहान ७ बजेर ७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–स्वाती, अहोरात्र । योग–आयुष्मान, ८ घडी ३५ पला, बिहान ९ बजेर ५४ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ७ बजेर ७ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर २ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ४२ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर २८ मिनेटसम्म रो बेला ।
  • बिहान ६ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ७ बजेर ४९ मिनेटदेखि बिहान ९ बजेर ८ मिनेटसम्म चर बेला ।
  • बिहान ९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म काल बेला ।
  • दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म शुभ बेला ।
  • दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४९ मिनेटसम्म रोग बेला ।
  • दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो २ बजेर २८ मिनेटदेखि दिउसो ३ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ५० मिनेटदेखि बिहान ५ बजेर ३८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक नियमको अनुसरण गर्दै अगाडी बढ्नुहोला । छोटो दुरीको यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।
  • बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडी बढ्न सहज हुनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ । धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । खेल क्षेत्रमा चासो तथा सहभागिता रहनेछ ।  
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तर पनि आफन्त तथा साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । पराक्रमी क्रियाकलापमा सहभागी हुने समय रहेको छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढ्न तथा खेल क्षेत्रमा सहभागी भई मनोरञ्जन लिन सकिनेछ । यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । मौसम लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । खाद्यान्न, खेलकुद जन्य सामाग्री तथा स्वास्थ्य सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भेटघाट तथा खानपानमा समय व्यातित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रबिधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । आफन्तका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार्य बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारबाट प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उपलब्धि हात पार्नको लागी कडा मेहनतको खाँचो पर्नेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ । तर पनि व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब