चिनियाँ नागरिक किन गर्दैछन् मुस्लिम बालिकासँग विवाह ?

  • मंसिर १२, २०८२ | २५८ पटक पढिएको | सीमा संदेश
alt

 नेपाल भारत रोटीबेटीको सम्बन्ध भनिन्छ । तर पछिल्लो समय चिनियाँ नागरिकले समेत मधेशमा विवाह गरिरहेको घटना बाहिर आएको छ ।

बारामा प्रहरीले चिनियाँ र मुस्लिम बालिकाबीचको बालविवाह रोकेको घटनापछि अरु पनि यस्तो विवाह भएको घटना बाहिर आएको हो ।

करैयामाई गाउँपालिका–१, हरैयाबाट बुधबार मध्यराति चिनियाँ नागरिकले मुस्लिम समुदायकी नेपाली नाबालिकासँग बालविवाह गर्ने क्रममा बेहुला–बेहुली र बेहुलीका बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

उनीहरूको नाम भने खुलाइएको छैन । प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको पाइएको छ । स्थानीय बासिन्दाका अनुसार मधेशमा भारतमा विवाह गर्ने चलन पहिलादेखि रहे पनि चिनियाँ नागरिकसँग विवाहका घटना नयाँ हो । यो विवाहले गाउँमा धेरैलाई अचम्मित बनाएको छ ।

एक स्थानीयका अनुसार यस्तो विवाह आर्थिक प्रलोभनमा बिचौलियाले गराइदिने गरेका छन् । एक वर्षयता त्यही गाउँमा तीन विवाह चिनियाँ नागरिकसँग भएको पाइएको पछि यो प्रहरीका लागि पनि अनुसन्धानको विषय बनेको छ । स्केचः साभार

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब