सिरहामा ४२६ एचआइभी सङ्क्रमित, मधेसमा संक्रमित सङ्ख्या ४ हजार नाघ्यो

  • मंसिर १६, २०८२ | २२२ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेशका जिल्लाहरूमा एकै वर्षमा ४ सय ७४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन्।

३८ औँ विश्व एड्स दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार  जनकपुरधाममा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।

नयाँ सङ्क्रमितमध्ये १६ जना गर्भवती महिला रहेको स्वास्थ्य निर्देशनालयका एचआइभी सम्पर्क व्यक्ति राजवीर यादवले जानकारी दिए।उनका अनुसार नयाँ सङ्क्रमितहरूमा अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरू रहेको, साथै महिला, तेस्रो लिङ्गी तथा यौनकर्मीहरू पनि रहेको जानकारी गराए।

सङ्क्रमितहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले उपलब्ध गराएको एचआइभी एड्स विरुद्धको औषधि मधेस प्रदेशका ११ वटा एआरटी सेन्टरमार्फत स्वास्थ्यकर्मीको निगरानीमा खुवाइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जिल्लागत विवरणअनुसार सप्तरीमा १८१, बारामा २३८, महोत्तरीमा ३६४, रौतहटमा ३९०, सिरहामा ४२६, सर्लाहीमा ५२०, धनुषामा ८२२ र सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार ८९६ जना सङ्क्रमित रहेका छन्। यसरी मधेस प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ३२ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै सङ्क्रमितलाई रोगसँग लड्ने क्षमता बढाउने औषधि नियमित रूपमा खुवाउने व्यवस्था गरिएको छ। 

प्रदेशगत रूपमा सबैभन्दा बढी सङ्क्रमित बागमती प्रदेशमा ७ हजार १ सय ४ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ सय ३१ जना सङ्क्रमित छन्।

यसैबिच, एचआइभी एड्सबारे जनचेतना फैलाउने उद्देश्यले धनुषा जिल्लास्तरीय सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड, पदक तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब