मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय र जनमतको अर्थ मन्त्रालयमा दाबी !

  • मंसिर २०, २०८२ | ३२६ पटक पढिएको | सीमा संदेश

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसबीच विवादका कारण चलेको रस्साकस्सीपछि अन्ततः कांग्रेसले बाजी मारेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएसंगै सभामुख पद र मन्त्रिमण्डल विस्तारका लागि सात दलीय गठबन्धनभित्रका घटक दलहरु बीच मन्त्रालय बाँडफाँटको विषयले प्रवेश पाएको छ ।

मुख्यमन्त्री कांग्रेसले पाएपछि सभामुख पद जसपा नेपालले नै पाउने लगभग पक्कापक्की रहेको स्रोतको दाबी छ । तर अन्य मन्त्रालयलगायतका बाँडफाँटको विषयमा औपचारिक रुपमा टुंगो लाग्न अझै बाँकी रहेको बताइन्छ ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले आइतबारसम्ममा प्याकेजमै सहमति हुने दाबी गरेका छन् । उनले सभामुख पददेखि विभिन्न मन्त्रालयसम्मका विषयहरु सात दलीय गठबन्धनको बैठक बसेर प्याकेजमै सहमति हुने बताए । तर स्रोतका अनुसार मुख्यमन्त्री कांग्रेसले पाएपछि जसपा नेपालले भने सभामुख पद, भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेको छ ।

त्यस्तै अर्थ मन्त्रालयमा जनमत पार्टीले दाबी गरेको स्रोतले जनाएको छ । यता नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार शपथसंगै पदभार ग्रहण गर्ने भएका छन् । त्यसपछि मन्त्रिमण्डलदेखि सभामुखको टुंगो लागिसक्ने बताइएको छ । नयाँ सरकार गठनसंगै सात दलीय गठबन्धनसंग मधेश प्रदेश सभामा दुई तिहाई भन्दा अधिक मत रहेको छ ।

यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन रहेको छ ।

सात दलीय गठबन्धनमा रहेका प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९ र लोसपा नेपालका ८, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीको १ सहित गरी ७८ जना सांसद छन् । भने नेकपा एमाले २५ र संघीय समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब