मधेशमा महिला हिंसा बढ्दै, १४१ घटना दर्ता

  • मंसिर २४, २०८२ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न खालका हिंसाका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

मङ्गलबार महिला पुनर्स्थापना केन्द्र मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला छ महिनामा प्रदेशभर १४१ वटा महिलामाथि हुने हिंसाका घटना अभिलेखीकरण भएका छन् ।

तीमध्ये घरेलु हिंसा ८४, सामाजिक हिंसा २४, यौन हिंसा २० र अन्य १३ घटना रहेको  तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्कअनुसार गत चैतदेखि भदौसम्म मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेक धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, सिराहा र सप्तरीमा भएका महिला हिंसाका घटनाहरू संस्थामा प्रत्यक्ष दर्ता भएका उजुरी तथा पत्रपत्रिकामा प्रकाशित समाचार सामग्री संकलन गरी तयार पारिएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो।

तत्थ्याङ्क अनुसार सबैभन्दा धेरै ८४ वटा घरेलु हिंसा, २४ सामाजिक हिंसा, २० यौन हिंसा, र १३ अन्य प्रकारका हिंसा दर्ता भएका छन् ।

घरेलु हिंसाका घटना अन्य सबै प्रकारको हिंसाभन्दा निकै माथि देखिएका छन् ।सार्वजनिक प्रतिवेदनले घरेलु हिंसाका घटनाहरू विश्लेषण गर्दा कम दाइजो नै निरन्तर दोहोरिने मुख्य कारण रहेको देखाएको छ ।

पछिल्लो छ महिनामा मात्र आठ वटा घटना दाइजोकै कारण प्रत्यक्ष रूपमा भएको पुष्टि भएको तर, बाँकी अधिकांश घटनाको जरो कारण पनि दाइजो नपुगेको वा थप दाइजो माग गरिएको देखिएको महिला पुनर्स्थापना केन्द्र मधेश प्रदेशकी संयोजक विणा कुमारी सिंहले बताउनुभयो ।

दाइजो कम ल्याएको भन्दै कुटपिट गर्ने, थप दाइजो माग्दै निरन्तर मानसिक एवं शारीरिक यातना दिने, छोरा नजन्माएको भन्दै घरनिकाला गर्ने जस्ता समस्या अत्यधिक देखिएको प्रतिवेदनले देखाएको छ ।प्रतिवेदनले मधेश प्रदेशमा दाइजो प्रथाको गहिरो सामाजिक स्वीकार्यता नै हिंसा बढ्नुको मूल कारक रहेको उल्लेख गरेको छ ।

कानुनले दाइजो लिनदिन प्रतिबन्ध लगाए पनि परिवार तथा समाजकै मौन समर्थनले यो प्रथा अझै बलियो रूपमा जरा गाडेर बसेको निष्कर्ष निकालेको छ ।

परम्परागत सोच परिवर्तन गर्न, दाइजोको माग वा स्वीकृतिलाई सामाजिक रूपमा अस्वीकार्य बनाउन तथा दीर्घकालीन रूपमा महिलामाथि हुने हिंसा घटाउन निर्णायक भूमिका खेल्ने प्रतिवेदनको निष्कर्ष रहेको छ ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब