पूर्वमुख्यमन्त्रीद्वारा सरकारी गाडीको दुरुपयोग

  • मंसिर २९, २०८२ | १९४ पटक पढिएको | सीमा संदेश
alt

पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले सुविधा भनी लिएको सरकारी गाडीमा निजी नम्बर राखेर चढदै आएको देखिएको छ । उनी मुख्यमन्त्री रहेकै बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उपलब्ध गराइएको ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो अहिलेसम्म फिर्ता नगरी उनले सो गाडीमा ज १ च ४७० को निजी नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन् ।

गत शनिबार सिंह यही ज १ च ४७० नम्बरको स्कार्पियो चढेर राजनीतिक भेटघाटका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ पाठशाला पुगेपछि विवादमा तानिएको हो । सरकारी नम्बर परिवर्तन गरी निजी नम्बर राखेर पूर्व मुख्यमन्त्रीले प्रयोग गर्दै आइरहेको भनी सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।

यस सम्बन्धमा जिज्ञासा राख्दा पूर्व मुख्यमन्त्री सिंहले आफू चढिरहेको भनी स्वीकार गरेका छन । जेनजी आन्दोलनका बेला सुरक्षा जोखिमका कारण सरकारी नम्बरमा निजी नम्बर लेख्न लगाउंदा पेन्टरको लापरवाहीको कारण यस्तो हुन गएको बताए । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा सुरक्षाको दृष्टिकोणले रातो प्लेट बनाएको थिए । नम्बर प्लेटमा ‘झ’ सरकारीमा मात्र लेखिने भएको हुँदा पेन्टरले ‘च’ लेखेको थियो । त्यति मात्र हो । अब सेतो नम्बर प्लेट लगाई सच्यानेछु ।

दुई महिना बितिसक्दा पनि सरकारी गाडी किन फिर्ता गर्नु भएन भन्ने प्रश्नमा उनले पूर्व मुख्यमन्त्रीलाई सरकारी गाडी दिने सुविधा कार्यविधिमै रहेको कारण सबैले राखेकाले म पनि राखेको हुँ । सबैले फिर्ता गर्छन भने म पनि फिर्ता गरिदिन्छु । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायका अनुसार ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो हाल पनि पूर्वमुख्यमन्त्री सिंहकै जिम्मामा छ ।

‘गाडी फिर्ता गर्न उहाँलाई मौखिक रूपमा जानकारी गराइसकेका छौं,’ रायले भने, ‘तर कार्यालयमा अझै गाडी आएको छैन । १–२ दिनभित्र पत्राचार गर्ने तयारी छ ।’ निजी नम्बर प्लेटको वास्तविकता बुझ्न यातायात व्यवस्था कार्यालय जनकपुरमा सोधपुछ गर्दा ज १ च ४७० नम्बर पिकअप गाडीको नाममा दर्ता रहेको खुलेको छ ।

कार्यालयका अनुसार उक्त पिकअप गाडी १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमार सिंहको नाममा नामसारी भएको थियो । तर, सो गाडी २०७१ सालपछि नवीकरण नगरिएको देखिएको छ । सो विषयमा दाजु सुरजकुमार सिंहसँग सम्पर्क गर्दा उनले ज १ च ४७० नम्बर आफ्नो पिकअप गाडीको भएको स्वीकार गरे । तर, उक्त नम्बर स्कर्पियोमा प्रयोग गरिएको विषयमा आफूलाई जानकारी नभएको उनको दाबी छ । ‘त्यो नम्बर मेरो पिकअपको हो, स्कर्पियोमा राखिएको छ भने मलाई थाहा छैन,’ उनले भने ।

पिकअप गाडी अहिले कहाँ छ भन्नेबारे भने उनले खुलाउन चाहेनन् । यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्जय सिंहले पिकअप गाडीको नम्बर स्कार्पियोमा राखेर चलाउनु गैरकानुनी हुने स्पष्ट पारे । उनले भने ‘यसरी फरक सवारीको नम्बर प्लेट प्रयोग गरेर चलाउन मिल्दैन, यस्तो अवस्थामा ट्राफिक प्रहरीले तत्काल कारबाही गर्छ । जानकारी पाएमा हामी पनि छड्के जाँच गरी कारबाही प्रक्रिया अघि बढाउने छौं ।’

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब