गृह जिल्ला सप्तरीबाट फर्किने क्रममा सिरहाको औरही गाउँपालिकामा जेनजी युवाहरुले राखेको किसानसँग कृषिमन्त्री साक्षत्कार तथा सममान कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले कृषि क्षेत्रकाको समस्या समाधान गर्ने बताउनुभयो ।
वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भए पनि फागुन २१ गते चुनाव प्रमुख प्राथमिकता रहेकाले अन्य कामहरु चाहेरपनि गर्न नसकने उहाँले बताउनुभयो । कृषि मन्त्री परियारले भन्नुभयो, ‘‘मधेश र देशकै किसानको समस्याको चाङग नै रहेको छ । तत्कालीन रुपमा सम्बोधन गर्न सकिने समस्याहरु समाधान गर्न वर्तमान सरकारले काम गरिरहेको छ । किसानलाई मलखाद्य वीउबिजन र बजार व्यवस्थापनको काम भइरहेको छ ।’’
हुलाकी सडक निर्माण भएपछि मधेश प्रदेशका किसानहरुलाई राहत त भयो तर अन्य सेवा सुविधाहरु किसानसँग पुग्न नसकेको किसानको पीडा मधेश दौडहामा आफूले देखेर चिन्तित रहेको मन्त्री परियारले भन्दै काठमाडौँ फर्किने वित्तीकै केहि नीतिगत कार्यहरु गरिने विश्वास दिलाउनुभयो ।
मधेशको समृद्धिको आधार नै कृषि रहेकाले कृषिमा लगानी गर्न तीनै तहको सरकारले मिलेर गर्नुपर्ने कार्यहरु समेत नभएकाले यसबारे आफू गम्भीर रहेको उहाँले भन्दै भारतीय सीमा क्षेत्रमा तत्कालै क्वारेइन्टाइन स्थापना गरी भारतीय बजारबाट आइरहेको तरकारी परीक्षण गरिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री परियारले भन्नुभयो, ‘‘बिचौलियाहरु कृषि क्षेत्रलाई अस्तव्यवस्त पारेकोले यसबाट मुक्त गराउन गृहकार्यमा लागेका छौँ ।’’ सरकारले तोकिएको धानको समर्थन मूल्यभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बनाइएको संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिने विश्वास दिलाउनुभयो ।
अन्तरक्रियामा किसानहरुले समयमा मलखाद्य नपाउने, सिँचाइको प्रबन्ध नभएको, बजार व्यवस्थापन हुन नसकेको उत्पादनका लागि कृषि बैंकबाट ऋण सुविधा सहज रुपमा नदिइने भारतीय बजारबाट नेपालमा तरकारी धान चावल आयात हुने तर नेपालबाट सहज रुपमा निर्यात नहुने लगायतका समस्याहरु कृषकहरुले मन्त्री परियार समक्ष राखेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved