सिरहा नगरपालिकालाई नातागोताको भर्ना केन्द्र बनाउने आरोप लगाउँदै नगर प्रमुखलाई बुझाए प्रेस विज्ञप्ती

  • पुस ९, २०८२ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०९ पुस । सिरहा नगरपालिकामा नगर प्रमुख र प्रशासकीय अधिकृतले नातागोतालाई भर्ना गर्ने उदेश्यले करार कर्मचारीहरुका सम्झौता  रद्द् गरेको आरोप लगाउँदै नगर प्रमुखलाई पिडित कर्मचारीहरुले प्रेस विज्ञप्ती बुझाएका छन् ।

अनियमित विकास कार्यहरुमा सहयोग नगरेकोले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका नातागोता ५६ जना डोरहाजिरका कर्मचारीलाई  व्यवस्थापन गर्ने गरी आफूहरुलाई हटाएको पिडित कर्मचारीहरुले बताए ।

प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले हाजिर भएको दिन देखि नगरपालिका र वडामा कार्यालयमा कर्यरत महिला  कर्मचारीहरुलाई शारिरीक, मानसिकरुपमा अपमानित गर्ने खालको दृष्टिकोण राखी दुव्र्यवहार गरेको पिडित महिला कर्मचारीहरुले लिखित  रुपमा प्रेस विज्ञप्ती मार्फत आरोप लागएका छन् ।

प्रशासकीय अधिकृत कार्यालय समयमा नगरपालिका भित्र कार्य नगरी सिरहा सदरकमुकाममा रहको रमझम होटल देखि लहान, गाईघाटका होटल सम्म अनैतिक कार्यमा लागेको र यस अनैतिक कार्यमा साथ नदिएको कारण आफूहरुलाई हटाएको पिडित कर्मचारीहरुका भनाई रहेका छन्।

हामीहरुलाई किन र के कारणले हटायो भने कुरा स्पष्ट जानकारी नदिई हटाएकोले पूर्ण जानकारी नपाए सम्म नगरपालिकाको नगर प्रमुख र प्रशासकीय अधिकृत विरुद्ध कानूनी लडाइ लडने सँगै अनैतिक कार्यहरुको प्रर्दाफास गर्ने पिडित कर्मचारीहरुले चेतावनी पनि दिइएका छन्।

यता सिरहा नगरपालिकाले विभिन्न पदमा कार्यरत ५१ जना अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको करार सम्झौता रद्द गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार सम्झौता रद्द हुनेमा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म रहेका छन्।

मन्त्रिपरिषद्को निर्णय भन्दै नगरपालिकाको कार्यपालिकाले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरू हटाउने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा नगरपालिकाले १ पुसदेखि लागू हुने गरी सम्झौता रद्द गरेको सार्वजनिक सूचनामा उल्लेख छ। 

सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले हस्ताक्षर गरेको सूचनाअनुसार माडर खैरटोकामा रहेको हेल्प डेस्कमा कार्यरत मेडिकल अधिकृत डा. दिलीप सदासहित ६ जना र नगरको विभिन्न वडा, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी गरी ५१ जनाको सम्झौता रद्द गरिएको उल्लेख छ। 

सूचनाअनुसार सबैभन्दा धेरै स्वास्थ्यकर्मी रहेका छन्। मेडिकल अधिकृत १, हेल्थ असिस्टेन्ट २, अहेव ९, अनमि ७, ल्याब असिस्टेन्ट १, कार्यालय सहयोगी १४ र सामाजिक परिचालक ६ जनालगायत रहेका छन्।

598555519_876250961721245_2824483756260642827_n

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब