एमालेद्वारा मधेस प्रदेशबाट समानुपातिकतर्फ २० जनाको नाम बन्दसूचीमा सिफारिस

  • पुस १९, २०८२ | २८८ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मधेस प्रदेशबाट समानुपातिकतर्फ २० जनाको नाम बन्दसूचीमा सिफारिस गरेको छ। एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार विभिन्न क्लस्टरबाट मधेस प्रदेशका २० जना उम्मेदवारको नाम समावेश गरिएको हो।

एमालेले बुझाएको बन्दसूची अनुसार धनुषा जिल्लाबाट उर्मिला देवी पासमान, यशोधा कुमारी यादव, मञ्जु महतो, रेनु शाह, अरविन्द शाह, रामचरित्र शाह र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ।

त्यस्तै सप्तरीबाट असरादेवी चौधरी, महोत्तरीबाट अनिल सिंह, सर्लाहीबाट शर्मिला कुमारी यादव र हुरुही नज, पर्साबाट विचारीप्रसाद यादव, बारा जिल्लाबाट एकवाल मिया र अंशु नेपाली तथा रौतहटबाट अनुशू सिंह, बबिता दास, कर्ण सचितानन्द शाहको नाम बन्दसूचीमा परेको छ।

यसैगरी सिराहाबाट आशा कुमारी यादव, चन्देश्वर मण्डल र राजेश अग्रवालको नाम सिफारिस गरिएको छ।

बन्दसूची सार्वजनिक भएपछि महोत्तरी, सप्तरी र पर्सा जिल्लालाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै त्यहाँका नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्। बन्दसूचीमा मधेस प्रदेशबाट कुल २० जनाको नाम समावेश गरिए पनि पर्सा, सप्तरी र महोत्तरीबाट एक–एक जनाको नाम मात्र परेको उनीहरूको गुनासो छ।

नेता–कार्यकर्ताका अनुसार धनुषा, सिराहा, रौतहट र सर्लाही जिल्लालाई भने उल्लेख्य प्राथमिकता दिइएको देखिन्छ। गत आम निर्वाचनमा समानुपातिकतर्फ करिब ४३ हजार मत एमालेले प्राप्त गरेको पर्सा जिल्लाबाट यसपटक एक जनाको नाम मात्र सिफारिस हुनु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।

पर्साबाट सिफारिस गरिएका विचारीप्रसाद यादव पूर्व संविधानसभा सदस्य तथा मधेस प्रदेश एमालेका पूर्व उपाध्यक्ष हुन्। यद्यपि उनको नाम बन्दसूचीको आठौँ स्थानमा परेकाले सांसद बन्ने सम्भावना न्यून देखिएको छ। यादवमाथि संसदीय विकास कोष दुरुपयोग तथा जिल्लामा गुटबन्दी गरेको आरोप पनि लाग्दै आएको छ।

यसअघि प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा उल्लेखनीय योगदान दिएको पर्सा जिल्लालाई यसपटकको बन्दसूचीले उपेक्षा गरेको भन्दै स्थानीय नेताहरू आक्रोशित बनेका छन्।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब