धनुषाको कमला नगरपालिका मस्जिद विवाद : तीन जना पक्राउ

  • पुस २१, २०८२ | २७३ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक सञ्जाल टिकटकमार्फत धार्मिक असहिष्णुता फैलाएर सामाजिक सद्भावमा खलल पु¥याउने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले तीनजनालाई पक्राउ गरेको छ ।

धनुषाको कमला नगरपालिका–६ का १९ वर्षीय आशिष अन्सारी, २२ वर्षीय अमात अन्सारी र २५ वर्षीय रामप्रताप साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टिकटकमा विभिन्न किसिमका आपत्तिजनक शब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरिएको भिडियो पोष्ट गरिएको पाइएपछि सो कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिप्रका धनुषाले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको धनुषा प्रहरीका डिएसपी गणेशबहादुर बमले जानकारी दिए । यसैबीच टिकटकमा भिडियो बनाएर पोष्ट गरिएको विषयलाई लिएर मिति पुस १९ गते कमला नगरपालिका–६ स्थित सिंग्याही मडानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा तोडफोड भएको घटनामा पनि प्रहरीले अनुसन्धान थालेको उनले बताए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय कपिल भनिने रामप्रताप साहलाई पक्राउ गरिएको डिएसपी बमले बताए । तोडफोडका क्रममा मस्जिदमा रहेका कागजातहरू निकालेर धार्मिक ग्रन्थसहित जलाएको साहमाथि आरोप छ । उनीमाथि पनि धर्मसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

टिकटक, फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि ठेस पुग्ने किसिमका स्टाटस, अडियो वा भिडियो पोष्ट गर्ने, लाइक, सेयर तथा कमेन्ट गर्ने कार्य कानुन विपरीत भएको स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जो– कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत धनुषा प्रहरीले दिएको छ ।

सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई जिम्मेवार भूमिका निर्वाह गर्न जिप्रका धनुषाले अपिल समेत गरेको छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब