पुस २७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • पुस २७, २०८२ | ३२५ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८२ साल पौष २७ गते । आइतबार । ईश्वी सन् २०२६ जनवरी ११ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–अष्टमी, १४ घडी ५ पला, मध्यान्ह १२ बजेर २६ मिनेट उप्रान्त नवमी ।

नक्षत्र–चित्रा, ३४ घडी ४ पला, बेलुकी ८ बजेर ३५ मिनेट उप्रान्त स्वाती । योग– सुकर्मा, ३२ घडी ५९ पला, बेलुकी ८ बजेर ९ मिनेट उप्रान्त धृती । करण–कौलव, मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर २२ मिनेट उप्रान्त गर । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कन्या, बिहान ७ बजेर ३७ मिनेट तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २६ घडी १० पला ।

आजको बार बेला ।
बिहान ६ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १२ मिनेटसम्म काल बेला ।
दिउसो १२ बजेर १३ मिनेटदेखि दिउसो १ बजेर ३० मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ३१ मिनेटदेखि दिउसो २ बजेर ४९ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर ७ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ८ मिनेटदेखि बेलुकी ७ बजेर ७ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ७ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको ।

ब्रहा मुहूर्त
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशीलताले गन्तव्य पहिल्याउन सहज हुनेछ । राशि स्वामी मङ्गलको अनुकूल प्रभावले महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउदै अग्र पंत्तिमा आउन सकिनेछ ।  पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको  सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । ईमान्दार तथा लगनशील भई लाग्नाले सम्मान पाइनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामीप्य बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गीत सङ्गीत तथा नृत्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि राजनीतिकर्मी तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि जनताको आलोचनात्मक समर्थन रहनेछ । छोटो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । पहिरन तथा खाद्यान्नको व्यापारबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गीत सङ्गीत तथा साहित्यको क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजन, पहिरन तथा खाद्यान्नसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । धर्मसस्कृती जोगाउन तपाईँको महत्त्वपूर्ण भूमिका रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । शरिरमा आलस्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि लामो दुरीको यात्राको तय हुनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समयले साथ दिनेछ । स्वास्थ्य सामाग्री तथा पूजा सामाग्रीको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ, खाद्यान्न तथा धार्मिक सामग्रीको व्यापारमा बढोत्तरीको योग रहेको छ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै रमाइलो यात्राको तय हुनेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुने तथा  समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  जिम्मेवारी प्राप्त हुने तथा सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानीपख धार्मिक यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । यात्रा गर्दा बाहिरी वातावरण तथा परिस्थिति बुझेर मात्र गर्नुहोला । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । तरपनि साहित्य लेखन तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब