माघ १ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

  • माघ १, २०८२ | ५१ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ १ गते । बिहीबार । इस्वी सन् २०२६ जनवरी १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–द्वादशी, ३३ घडी ५७ पला, बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा, ५८ घडी ५० पला, रातको ६ बजेर ३० मिनेट उप्रान्त मूल । योग– वृद्धि, ३७ घडी २ पला, बेलुकी ९ बजेर ४७ मिनेट उप्रान्त ध्रुव । करण– कौलव, बिहान ७ बजेर २८ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला ।

दिन विशेष :  माघ मकर सङ्क्रान्ति। उत्तरायण सुरु। माघी पर्व। वराहक्षेत्र, शंखमूल आदि तीर्थहरूमा स्नान। मकर स्नान। रिडीको रुरुक्षेत्रमा तीनदिने धार्मिक मेला। देवघाट प्रयागमा मकर स्नान आरम्भ। घ्योचाकु सल्हु। छन्त्याल जातिको पर्व। तेह्रथुम गौखुरी ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म रोग बेला ।
  • बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ३२ मिनेटसम्म अमृत उद्वेग बेला ।
  • दिउँसो १ बजेर ३३ मिनेटदेखि दिउँसो २ बजेर ५१ मिनेटसम्म काल बेला ।
  • दिउँसो २ बजेर ५२ मिनेटदेखि बेलुकी ४ बजेर १० मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ११ मिनेटदेखि बेलुकी ७ बजेर १० मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर ३२ मिनेटदेखि दिउँसो २ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने  दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । तर पनि आफन्तका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी वस्तुको उपयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । तर पनि आफन्तसँग विवाद हुने योग रहेको छ । यात्रा गर्दा वा सवारी  साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । निर्माण  सामाग्री तथा खाद्यान्नमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । खाना, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ । तर पनि खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपान, मनोरञ्जन  तथा यात्रामा समय खर्च हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । परिवारका साथ यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । तरल पदार्थ, खाद्यान्न, औषधी तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सङ्गतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । खानपान र, धार्मिक यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब