मतदाताको परीक्षा सुरु

  • माघ ४, २०८२ | २५६ पटक पढिएको | सीमा संदेश
alt

देशमा भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गर्न र लोकतन्त्रलाई थप जनपक्षीय बनाउन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नका लागि शासन पद्धतिमै परिवर्तन हुनु आवश्यक छ। जेनजी आन्दोलनले पनि यही परिवर्तनको आवश्यकतालाई औंल्याएको छ। यस्तो परिवर्तन अबको निर्वाचनले गर्नेछ। जेनजी आन्दोलनले मतदाताको मनस्थिति नै परिवर्तन गरिदिएको छ। अब पुरानो पुस्तालाई संरक्षक र अभिभावकको भूमिकामा सीमित राख्दै नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी सुम्पनुपर्छ, जसले आफ्नो नवीन सोच, नवीन विचार र नवीन कार्यकुशलताका माध्यमबाट देशलाई समृद्धिको मार्गमा डो¥याउन सक्छ भन्ने धारणा मतदाताको मनमा विकसित भएको छ। अब राजनीतिमा शक्ति हस्तान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने भाष्यको पनि निर्माण भएको छ। यो भाष्यले समयको मागलाई सम्बोधन गरेको छ।

नेतृत्वका लागि जनताका प्रतिनिधि चुन्ने औपचारिक प्रणाली हो निर्वाचन। नेतृत्वबाटै नीतिनिर्माण र कार्यान्वयन हुने हुँदा मुलुकको विकासका लागि निर्वाचन अपरिहार्य प्रक्रिया पनि हो। निर्वाचनबाट मात्रै देशमा परिवर्तन सम्भव हुन्छ भन्ने आममान्यता पनि छ। नेताहरूले यही निर्वाचनबाटै समाज र देश परिवर्तनको आश्वासन बाँड्छन् र जनताले पनि यही निर्वाचनबाटै समाज परिवर्तनको सपना देख्छन्। त्यही सपना पूरा हुने आशामा आफ्नो अमूल्य भोट हाल्छन्। क्रान्तिको इतिहासले होइन विकास र निकासले मात्रै देश समृद्ध हुन्छ भन्ने यथार्थ अब जनताले पनि बुझ्न थालिसकेका छन्। त्यसैले जनता देशलाई निकास दिने र विकासको सपना साकार पार्ने नेताको खोजीमा छन्। अहिलेको परिवर्तित सन्दर्भमा त्यो खोजी केही हदसम्म यही संसदीय निर्वाचनबाट पूरा हुने अपेक्षा छ। त्यसैले जनता आफ्नो अमूल्य भोटमार्फत निर्वाचनमा योग्यलाई छान्न र अयोग्यलाई फाल्न आतुर छन्।

विगतमा आफूलाई किन भोट हाल्ने भनेर जनतालाई चित्त बुझ्दो जवाफसमेत दिन नसक्ने नेतालाई भोट हाल्न जनता अभिशप्त थिए। देशमा सीमा मिचिएको, सीमाका जनता थिचिएको, मिचिएको भूभाग फिर्ता लिने र देश भूराजनीतिको शिकार भइरहेको र जनता गरिबी, अभाव र उत्पीडनको सिकार भइरहेको विषयमा कुनै अजेन्डा नै नबनाई केवल चुनावी घोषणापत्रमा सीमित नाराको आडमा सत्तास्वार्थको वकालत गरिरहेका नेताहरूलाई भोट हाल्न अब जनता अभिशप्त बन्नु हुँदैन। मंसिर २४ गते सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताका प्रमुख बुँदाहरूमध्ये ‘स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता’ पनि रहेको छ। यो सम्झौताले निर्वाचनलाई पनि सुनिश्चित गरेको छ। त्यसैले यतिखेर देश निर्वाचनको सँघारमा छ। आममतदाता पनि मानसिकरूपमै मतदानका लागि तयार भइरहेका छन्।

अब घरदैलो अभियानको नाउँमा नेता र नेताका अरौटे–भरौटे–धुपौरे कार्यकर्ता हात जोड्दै मुस्कुराउँदै भोट माग्न आउने छन्। यसरी निर्लज्जतापूर्वक हात जोड्दै मुस्कुराउँदै भोट माग्न आउने उम्मेदवारलाई प्रश्न सोधौं। प्रश्न सोध्ने अधिकार छ जनतालाई। अबचाहिँ साँच्चै नै जनताले आफूलाई जिम्मेवार र विवेकवान मतदाताको रूपमा प्रस्तुत गर्ने बेला भएको छ। किनभने यो निर्वाचन जनताको प्रतिनिधि चुन्ने अवसर मात्रै होइन मतदाताको विवेकको परीक्षाको समय पनि हो। 

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब