मिर्चैयामा जलेको अवस्थामा महिलाको शव फेला

  • माघ १०, २०८२ | २५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैयामा बेवारिसे अवस्थामा एक महिलाको जलेको शव फेला परेको छ । मिर्चैया नगरपालिका–७ स्थित छघरे बस्तीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा शव फेला परेको हो ।

स्थानीय बासिन्दाले खोलामा जलेको शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।

सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए।

एसपी शर्माका अनुसार शव लामो समयअघि खोलामा फालिएको आशंका गरिएको छ । शवको तल्लो भाग हड्डी मात्र बाँकी रहेको छ भने माथिल्लो भाग आंशिक रूपमा जलेको अवस्थामा फेला परेको छ ।

साथै, शरीरका विभिन्न स्थानमा दागहरूसमेत देखिएको उनले बताए । यी प्रारम्भिक अवस्थालाई हेर्दा महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको हुन सक्ने प्रहरीको आशंका छ ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप विवरण खुल्ने एसपी शर्माले बताए ।

प्रहरीले घटनास्थल आसपासका स्थानीय बासिन्दा तथा सम्भावित साक्षीहरूसँग सोधपुछ गरिरहेको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब