जग्गाको विवादमा कुटपिट हुँदा एकको मृत्यु: जग्गा दाबी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

  • माघ १२, २०८२ | १७६ पटक पढिएको | सीमा संदेश

कर्जन्हा नगरपालिका १०, मनहर्वा चोकनजिकको बाटो रहेको सार्वजनिक जग्गामा बनाएको घर भत्काएपछि भएको विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ। 

मनहर्वा चोकदेखि दक्षिणतर्फ सडकछेउको सावर्जनिक जग्गामा घर बनाएर पछिल्लो ३५ वर्षदेखि बसोबास गर्दै आएका करिब ५० वर्षीय अजमुद्दिन शेखको कुटपिटको क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि आफन्त र स्थानीय बासिन्दाले आइतबार दिउँसो करिब ३ बजेदेखि अबरुद्ध गरेको मनहर्वा चोक खण्डको सडक साँझ करिब सवा ७ बजे खुलाइएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्नमध्ये जग्गा दाबी गर्दै आएका रामभरोस महतोलाई प्रहरीले तत्काल अनुसन्धानका लागि नियन्त्रणमा लिएसँगै करिब चार घण्टापछि अवरुद्ध सडक खुलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशबहादुर पालका अनुसार प्रहरीले घटनास्थल मुचुल्कासहित अन्य कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिरहेको छ। 

कर्जन्हा १०, मनहर्वा चोकदेखि दक्षिणतर्फ सडकको दायाँ-बायाँ करिब ३५ वर्षदेखि सुकुम्बासीको रूपमा बसोवास गर्दै आएको बस्ती सडकको सार्वजनिक जग्गा रहेको नगर प्रमुख भोलाप्रसाद पोखरेलले बताए । उक्त बस्तीको पछाडि जग्गा रहेका मिर्चैया १ का रामभरोस महतोले आफ्नो जग्गाको निकास छेकेको भन्दै बस्ती उठाउन प्रयास गर्दै आएको भएपनि नसकेपछि गत ६ पुसमा सिराहा जिल्ला अदालतमा बस्तीका रसुल शेष, मो. हरण शेष, मो. सहिवुल शेष, मो. अख्तर शेष र सागिर शेषलाई प्रतिवादी बनाएर निषेधाज्ञा मुद्दा हालेका थिए । 

उक्त मुद्दाको सुनुवाइको क्रममा ७ पुसमा न्यायाधीश विदुर काफ्लेको इजलासले अन्तरिम आदेश जारी गर्दै  कि.नं. १९१ र १९३ को जग्गाको निकास तथा सर्वसाधारणले भोगचलन गरी आएको बाटो अवरुद्ध हुने गरी सडक बाटोमा घर निर्माण नगर्न-नगराउन, धाकधम्की नदिन अन्तरिम आदेश दिएको थियो । 

उक्त आदेशसहित आइतबार बिहान सुकुम्बासी बस्तीमा पुगेका महतोसहित उनका सहयोगीहरु रामदयाल साह, दिनेश महासेठलगायतले पुरानो घर भत्किएपछि सिमेन्टको खाँबा हालेर बनाउँदै गरेको नयाँ घर तोडफोड गरेपछि विवाद भएको थियो । मृतककी बहिनीसमेत रहेकी स्थानीय करिब ३९ वर्षीया नसिमा खातुनले महतोको समूहले कुटपिट गर्ने क्रममा ढलेका अजमुद्दिनको घटनास्थलमै मृत्यु भएको हो । 

वर्षौंदेखि बस्दै आएको जग्गा खाली गराउन अदालतबाट निषेधाज्ञा ल्याएका महतोले उक्त पत्र वडा कार्यालय र स्थानीय जनप्रतिनिधिहरुलाई समेत नदेखाई एक्कासि घर तोडफोड गरेको वडाध्यक्ष सागिर राइनले बताए। 

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब