सिरहा क्षेत्र नं. ३ मा एमाले गढ जोगाउनै सकस !

  • माघ १३, २०८२ | २३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ १३ गते । सिरहा जिल्लामा एमालेको गढ मानिने सिरहा क्षेत्र नं. ३ मा अहिले निर्वाचनको महुल तातिएको छ । यस क्षेत्रमा लगतार दुई पटक पूर्व मन्त्री लिलानाथ श्रेष्ठ विजयी भएको छ । स्थानीय संरचनालाई केलाउँदा गोलबजार नगरपालिका, नरहा गाउँपालिका, बिष्णुपुर गाउँपालिका र सिरहा नगरपालिका एमालेकै कब्जामा रहेका छन्

। गत निर्वाचनका मत अनुपातलाई विश्लेषण गर्दा यो क्षेत्र एमालेको गढ रहेको देखिन्छ। 
भदौमा भएको जेनजी अन्दोलनको प्रभाव देशभरी नै कायम रहेको देखिन्छ । यस निर्वाचन क्षेत्रमा पनि युवाहरुमा ‘बालेन लहर’ देखिन्छ । तर एमालेको गढले ‘बालेन लहर’ लाई रोक्न निरन्तर प्रयास गर्दै आइरहको छ । ‘बालेन लहर’ ले एमालेको मत जोगाउन पूर्व मन्त्रीलाई सकस भईरहको छ । 

एमालेको किल्ला ढाल्न अहिले पुराना दल नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल , जनमत र  नयाँ  दल रास्वपा ठाउँ ठाउँमा पार्टिका सम्पर्क कार्यालय स्थापना गरी निर्वाचन गतिविधिलाई तिब्र बनाइरहेका छन् । नयाँ दल रास्वपाका यस क्षेत्रमा संग्ठनिक संरचना छैन् । तर पनि ‘बालेन लहर’ को प्रभाव देखिन्छ । तर अन्य क्षेत्र भन्दा यस क्षेत्रमा प्रभाव कमजोर रहेको छ । यस क्षेत्रमा कडा प्रतिस्पर्धा एमाले, कांग्रेस, नेकपा र जसपा बिच रहने मतदाताहरुमा भनाई छन् ।

यो क्षेत्रमा परम्परागत दलले अहिलेसम्म चुनाव जित्दै आएको इतिहास छ । यसपाली चारैतिर ‘बालेन लहर’ चलिरहँदा परम्परागत दललाई संगठित मत जोगाउन सकस परिरहेको छ । तर, यो क्षेत्रमा पुराना दलले आफ्नो संगठित मतमाथि नियन्त्रण कायम राखेको पाइएको छ ।

यस क्षेत्रमा सिरहा नगरपालिका, नरहा गाउँपालिकाको वडा नम्बर १ र २, विष्णुपुर गाउँपालिकाको १ र ५ नम्बर वडा, अर्नामा गाउँपालिकाको १, २ र ३ नम्बर वडा र गोलबजार नगरपालिकाको १ देखि १२ नम्बर वडा पर्छ ।

यस क्षेत्रमा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी १ लाख १९ हजार २५० मतदाता छन् । यस क्षेत्रमा १३६ मतदान केन्द्र छन्। 

यस क्षेत्रका  मत विश्लेषण

आमनिर्वाचन २०४८ मा नेपाली कांग्रेसबाट सुरेशचन्द्र दासले १२ हजार ४८५ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका धर्मनाथा यादवले ७ हजार ६१३ मत ल्याएका थिए ।

२०५१ को आमनिर्वाचनमा कांग्रेसबाट सुरेशचन्द्र दास १४ हजार ३५७ मत ल्याएर निर्वाचित भएका थिए । राप्रपाका कृष्णचरण श्रेष्ठले ९ हजार ३५२ मत, एमालेका धर्मनाथ यादवले ७ हजार ५९७ मत र संयुक्त जनमोर्चाका विश्वनाथ साहले ४ हजार ८६१ मत ल्याएका थिए ।

२०५६ को आमनिर्वाचनमा राप्रपाबाट कृष्णचरण श्रेष्ठले १४ हजार ३९६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका सुरेशचन्द्र दास १२ हजार ७५१ मत, संयुक्त जनमोर्चाका रामरिझन यादवले ९ हजार ५३९ र एमालेबाट जय घिमिरेले ९ हजार १२ मत ल्याएका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरमबाट विजयकुमार यादवले १४ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसकी सीतादेवी यादवले १० हजार १२६ मत, एमालेका प्रमोदकुमार यादवले ८ हजार २९ मत, माओवादीकी बोधमाया यादवले २ हजार ३४२ मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट सीतादेवी यादवले ११ हजार १४२ मत ल्याएर निर्वाचित भइन् । एमालेबाट प्रमोदकुमार यादवले ७ हजार ९६४ मत, माओवादीका रामरिझन यादवले ४ हजार ४५७ मत, संघीय समाजवादी फोरमका विजयकुमार यादवले ३ हजार ९६४ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा नेकपा एमालेबाट लिलानाथ श्रेष्ठले २३ हजार २७२ मत ल्याएर निर्वाचित भएका थिए । संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ ह्जार २२० मत र कांग्रेसका अमर रेग्मीले ११ हजार ७७८ मत ल्याएका थिए ।

२०७९ को निर्वाचनमा नेकपा एमालेबाट लिलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित भएका थिए । माओवादीका विश्वनाथ साह २६ हजार ८८२ मत, जनमत पार्टीबाट दिनेश कुमार यादवले ११ हजार १४६ मत ल्याएका थिए ।

यस निर्वाचनमा लिलानाथ श्रेष्ठ ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । जसपाका अशेश्वर यादव र नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ आफ्नो पहिलो जित दर्ज गर्न प्रयास गरिरहेका छन् । कांग्रेसका डा। सुभाषचन्द्र यादव फेरिएको कांग्रेसबाट पहिलो पटक ‘नयाँ चेहरा’ को रुपमा चुनावी मैदानमा उत्रीएका छन् । रास्वपाका डा।सम्भु यादव ‘बालेन लहर’ लाई गति दिँदै प्रतिस्पर्धामा छन्।

अब यस क्षेत्रमा पर्ने स्थानीय तहको २०७९ को चुनावी परिणामलाई हेरौं । सिरहा नगरपालिकामा एमालेका डा। नविन कुमार यादव ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसका उपेन्द्र यादवले ८ हजार ७३२ मत ल्याएका थिए भने जसपाका अशेश्वर यादवले ७ हजार ७५२ मत ल्याएका थिए ।

नरहा गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस र ५ मा माओवादीका अध्यक्ष निर्वाचित भएका छन् ।
गोलबजार नगरपालिकामा नेकपा एमालेका श्यामकुमार श्रेष्ठ ७ हजार ९०८ मत ल्याएर निर्वाचित भएका छन् । माओवादीका देवनाथ साहले ५ हजार ७०१, कांग्रेसका राजदेव साह हलुवाईले ३ हजार ९२१ मत ल्याएका थिए।

यस पालिकाको १ देखि १२ वडा यो निर्वाचन क्षेत्रमा पर्छ । १ नम्बरमा माओवादी, २ मा एमाले, ३ मा माओवादी, ४ मा कांग्रेस, ५ मा कांग्रेस, ६ मा एमाले, ७ मा एमाले, ८ मा एमाले, ९ मा जसपा, १० मा एमाले, ११ मा जसपा र १२ मा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

विगतको प्रतिनिधि र स्थानीय तह निर्वाचनको गणितले एमाले, कांग्रेस र नेकपालाई नै बलियो देखाउँछ । अर्कोतर्फ ‘बालेन लहर’ का सामुन्ने दलको संगठित मत अहिलेसम्म स्थिर रहेका कारण यस क्षेत्रमा परम्परागत दलकै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने मतदाताका भनाइ रहेका छन् ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब