बसबिट्टा कमला बाँधसम्मका हुलाकी सडक धुलाम्य

  • माघ १९, २०८२ | २४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ १९ गते । सिरहा बजारको महावीर चोकदेखि पूर्व भगवानपुर बलान पुलसम्म सडक कालोपत्र भई सञ्चालमा रहे पनि सिरहाको महावीर चोकदेखि पश्चिम बसबिट्टा कमला बाँधसम्मका डेढ किलोमिटर सडक नबन्दा यहाँका स्थानीय धुलाम्य सडकमा यात्रा गर्न बाध्य रहेका छन् ।

“निर्माण कम्पनीका प्रतिनिधि जयमोद झाले यही हप्ताको मङ्गलबारदेखि बजार खण्डमा काम सुरु भएको छ, हामी मेसिनसहित पुगिसकेका छौँ, चैतभित्र काम सक्नेगरी काम भइरहेको छ”, उनले भने, “धुलो नियन्त्रनका लागि पानी छर्कन आजै सेफ्टी ट्याङ्की आएको भोलिदेखि नियमित रुपमा पानी छर्किने काम हुने छ ।”तर एक हप्ता भइसक्दा पनि सडकमा माटो उत्खन्न गरी पानी पटाउने कार्य गरेको छैन् ।

समयमै सडक कालोपत्र नहुँदा धुलो उडेर घर तथा पसलमा बस्न सास्ती भएको गुनासो स्थानीय पूर्व वडाअध्इा विजय कुमार यादवको रहेको छ । “हुलाकी सडकको धुलो खाएको लामो समय भयो, दैनिक धुलाम्मे सडकमा पानी पनि नहाल्दा निकै समस्या भइरहेको छ ।”

ठेक्केदार कम्पनी र नगरपालिका पनि पानी छर्ने कार्य नगरिदिदा धुलो धवाँ कारण विरामी परिरहेका छन् ।  सडकमा हिँडडुल गर्न तथा सवारी चलाउन पनि समस्या भईरहेको र दैनिक सवारी दुर्घटना बढेको पूर्व वडाअध्यक्ष यिादबले बताए।

वि.सं. २०७४ असारमा ठेक्का सम्झौता भएको उक्त सडक २०७५ पुससम्म बनिसकिनुपर्नेमा अहिलेसम्म आठपटक म्याद थप गरेर निर्माण कम्पनी धुकुछु कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको छ । थपिएको म्याद आउँदो चैतमा सकिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब