सिरहा,माघ १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मि सिरहामा बढेको छ । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत मानिसले निर्वाचनलाई विभिन्न दृष्टिकोणबाट व्याख्या विश्लेषण गरिरहेका छन् । कसैले यो निर्वाचनालाई देश परिवर्तनको मुला आधार बुझेका छन भने कसैले यो निर्वाचनलाई विकाससँग जोडेका छन् ।
सिरहाका निर्वाचन क्षेत्रहरुमा विगतमा विकास नभएका पनि होइन । तर निर्वाचनका वेला उम्मेदवारहरुले गरेका प्रतिवद्धता र मतदाताले मागेका विकास अहिले सम्म पुरा भएका छैन् । उम्मेदवारले अहिले सम्म शिक्षा, स्वास्थ्य र रोजगारीका नामा मतदाता ठक्दै आइरहेका छन् । तर यि विकासको साटो सार्वजनिक भवन, ग्राइभेल माटो, मपदण्ड विपरितको चपा कल वितरणमा मात्र सिमित छ । फेरि अहिले पनि यि तीन वटा प्रतिवद्धता लिई मत मागिरहेका छन् ।
सिरहामा संघिय सरकार र प्रदेश सरकारबाट संचालित विकास आयोजनामा चरम भ्रष्टाचार भएका छन् । यस्ता भ्रष्टाचारका आयोजना सबभन्दा बढी सिरहा निर्वाचन क्षेत्र ३ मा रहेका छन् । भोट बैकको कार्यकर्ता बिच यस क्षेत्रका सबै पालिकामा पनि एमाले नेतृत्वका सरकार र प्रतिनिधि सभा संसद पनि एमालेका भएका करण स्थानीय सरकार देखि संघ सम्मको आयोजनामा चरम भ्रष्टाचार भएको छ ।
भ्रष्टाचारमा संमलग्न टाठापाठा आयोजना उभोक्ता समितिका नेता पुरानै नेतृत्वामा मलजल गरेपनि अधिकांश मतदाताले यसपालिका निर्वाचनबाटै परिवर्तन खोजिरहेका छन् । हुन त अहिलेको निर्वाचनमा पुराना पार्टिबाट आएका सबै नेताका जरो अधुरो पुराना विकास योजनासँग जोडिएको छ । फेरि यि यस्ता कुरा मतदाताका नजरमा पर्छ कि पर्दैन विषय गम्भिर छ ।
सिरहा क्षेत्र नम्बर ३ का विषयमा मतदाताले राम्रोसँग छलफल गरेर निर्णयमा पुग्ने प्रयासमा छन् । किन भने यस क्षेत्रका उम्मेदवार एकै स्तरका एक अर्कालाई विभिन्न निर्वाचनमा सहयोग गरी नेता बनाएका छन् । भ्रष्टाचारका आयोजनमा पनि साथ दिईने लिने दुवै सहयात्रीहरु पनि उम्मेदवार पुराना पार्टिबाट यसपालि रहेका छन् । यता बालेन लहरबाट आएका उम्मेदवारका राजनीतिका पृष्ठ भुमि कमजोर भएका करण मतदाताले उनलाई बुझन सकिरहेका छैन् ।
सिरहा क्षेत्र नम्बर ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहँदा यो क्षेत्रका विकासका एजेन्ड के हुने भने कुरा मुल विषय हो । प्रोफेसर जिवछ यादबले भने, एक दशक देखि सिरहा क्षेत्र नम्बर ३ एउटा पार्टिको भोट बैँक रहियो । जसका कारण यस क्षेत्रका जनताले पाएसम्म दुःख पाए । अब यसपाली पनि सचिएन भने फेरि पनि तेस्तै हुन्छ । तर हामी सचेत छौँ । हामी पनि मतदातालाई सचेत बनाई रहेका छौँ । यसपाली यस क्षेत्रमा प्रतिनिधि पििरवर्तन हुन्छ । यस क्षेत्रका हरिपुर बेतौनाका मुसहर समुदाय भने आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्तामै छन् ।
सिरहा क्षेत्र नम्बर ३ मा पर्ने गोलबजार नगरपालिका–१२ हरिपुर बेतौनाका ६० घरपरिवार पानी, शौचालय जस्ता आधारभूत सुविधाबाट वर्षौंदेखि वञ्चित छन् । चुनावी माहोल बढ्दै जाँदा उनीहरू भने ओत लाग्ने घर, शुद्ध पिउने पानी र शौचालयको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । शौचालय नहुँदा अर्काको खेतबारीमा गएर शौच गर्नुपर्ने बाध्यता छ, आइरनयुक्त दूषित पानी पिउनुपर्छ।
उनीहरूले आफ्नै बलबुतामा चुलै अगाडि शौचालय र घरको बलेसीमै पानीका लागि चापाकल जडान गरेका थिए । टहरो अड्याउने जमिन समेत नभएका यहाँका सदायको आँगनै भएर गएको गोलबजार–लगडीगदियानी सडक विस्तारका क्रममा पाँच वर्षअघि घर, शौचालय र पाचाकलहरु भत्काइए । त्यसपछि उनीहरु घर, शौचालय र पिउने पानीको समस्या भोगिरहेका छन् । धेरैले भत्किएका घर सकार्न सकेका छैनन् । कतिपयले पानीको जोहो समेत गर्न सकेका छैनन् भने जमिनै नभएपछि शौचालय बनाउने त कुरै भएन ।
गोलबजार नगरपालिकाले भने वर्षेनि पिउने पानी र सिँचाई बोर्डिङ जडानका लागि करोडौं रकम खर्च गर्दै आएको छ । प्रदेश र संघीय सांसदले पनि सिंचाई र खानेपानीका लागि राम्रै पहल गरे । तर ६० घर दलित विपन्न सदाय परिवार आज पनि आइरनयुक्त दूषित पानी पिउन बाध्य छन् । उनीहरुले त्यही पानी तान्ने चापाकल समेत पाएका छैनन् । यसले जितेर गएका जनप्रतिनिधिको दलितप्रतिको दृष्टिकोण उजागर गरेको छ।
स्थानीय ४७ वर्षीय प्रमोद सदाय २ छोरा, २ बुहारी र नातिनातिनासहित बस्दै आएका छन् । तर उनीहरूसँग आफ्नो जमिन छैन । ‘जमिन छैन, एउटै घरमा खाट मात्र अट्ने गरी बारेर सुत्ने गरेका छौं । आँगन दुईजना राम्रोसँग उभिन मिल्नेसम्म पनि छैन,’ उनी भन्छन्, ‘त्यति जमिनमा कता पानीका लागि कल जडान गर्ने, कता शौचालय बनाउने ?’
संविधान जारी भएपछि दुईवटा निर्वाचन सम्पन्न भयो, तर आफूहरुले विकासका नाममा पानी समेत नपाएको उनको गुनासो छ । ‘चुनावका बेला घर बनाइदिने, पानी, बिजुली, शिक्षा, स्वास्थ्य सबै दिने वाचा गर्छन्, चुनाव जितेपछि हामी गरिबले केही पाउँदैनौं,’ उनी भन्छन् ।
नगरपालिका र वडा कार्यालयले गाउँभरि नै पिउने पानी र सिंचाईका लागि कल र बोरिङ जडान गरेपनि यस बस्तीमा केही छैन । ५० वर्षीय गंगावत सदायको घर सडक विस्तारका क्रममा भत्काइयो । ‘पानी र शौचालयको के कुरा, आर्थिक अभावका कारण भत्केको घर सकार्न सकेको छैन,’ उनी भन्छन्, ‘शौचालय नभएकाले हाम्रा छोरीबुहारीले लोकलाज त खेप्दै आएका छन् । कहिलेकाहीँ खेतवालाको बेइज्जती पनि सहनुपर्छ ।’
गरिब–दुःखीका लागि सरकार नै नभएको जस्तो लाग्ने उनी गुनासो गर्छन् । ‘हाम्रो लागि सरकार कहाँ छ र ? हामी त भोट बैंक मात्र हौं । सबै आउँछन् झुटो आश्वासन दिन्छन् । चुनावपछि हामीसँग भेटै हुँदैन,’ सदाय भन्छन् । गंगादेवी र प्रमोद त प्रतिनिधि पात्र हुन् । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो बस्तीका ६० घरपरिवारकै पीडा उस्तै छन् । उनीहरु अब चुनावमा झुटा आश्वासन बाँड्ने होइन, काम गरेर देखाउने नेता चुन्न चाहन्छन् । पुराना दलले आफ्ना लागि केही नगरेको भन्दै उनीहरू अब नयाँ दल र नेता चुन्ने सोचमा छन् ।
सिरहा–३ मा नेपाली कांग्रेसका सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भु यादव उम्मेदवार छन् । यस्तै जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र जनमत पार्टीबाट रोहित महतो चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा यसपटक यिनै दलबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यो निर्वाचन क्षेत्रमा ५५ हजार ८५९ महिला र ६३ हजार ३९१ पुरुष गरी एक लाख १९ हजार २५० जना मतदाता छन् । चुनावका लागि ५३ वटा मतदानस्थल र १३६ मतदान केन्द्र तोकिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved