‘दल बदल्ने ‘मुड’ छैन्, तर मत बदल्ने ‘मुड’ छ : मतदाताको भनाई’

  • माघ २१, २०८२ | २१६ पटक पढिएको | बैधनाथ यादब
alt

सिरहा, माघ २१ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिरहाका ग्रामीण क्षेत्रमा र सहरी इलाकामा चुनावी सरगर्मी बढेको छ । चिया–चौतारादेखि टोल छिमेकमा चुनावकै कुरा हुन थालेका छन् । गाउँका खेतबारीमा काम गर्ने किसान आफ्नै धन्दामा व्यस्त छन् । फाट्टफुट्ट नेताहरू भोट माग्न आउने गरे पनि चहलपहल कमै छ ।

नजिकिएको चुनावले युवाहरू केही उत्साहित छन्, तर बुढापाकामा त्यति उत्साह छैन । सामाजिक सञ्जाल र सञ्चार माध्यमको सहज पहुँचमा भएका ज्येष्ठ नागरिकलाई आगामी निर्वाचनका बारेमा जानकारी भए पनि गाउँका बुढापाकालाई चुनावको मितिसमेत थाहा छैन । नेता–कार्यकर्ता सहर बजार केन्द्रित हुँदा कतिपय पाका मतदाता चुनावबारे बेखबर छन् ।

तर सामाजिक सञ्जालमा जोडिएका मतदाताहरुले मतको जोड घटाउन गरिरहेका छन् । यसपालिका भोट कसलाई दिने विषयमा पनि चर्चा गरिहेका छन् । चुनावी चर्चामा  मतदाताले बालेन लहर, पुराना दल तथा उम्मेदवार र उम्मेदवारका सामाजिक कार्य र परिपक्तालाई पनि छनोटका आधार बनाई रहेका छन् । सहज रुपमा नखुलेका मतदाताले संकेतिक रुपमा भन्छन, यसपालिका निर्वाचनमा ‘दल बदल्ने ‘मुड’ छैन्, तर मत बदल्ने ‘मुड’ छ ।

देशमा ध्वास्त भयो । तर अहिले सम्म पनि पुराना राजनीतिक दलका नेताले सामाधानका लागि कुनै पनि प्रयास गरेन् । अब फेरि त्यस्ता नेताहरुका राजनीति स्वीकार छैन् । अब देशलाई नयाँ दिशा दिनका लागि पनि दल बदलेर भएपनि परवर्तनका संकेत मतबाटै गर्ने मतदाताका भनाई रहेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका उम्मेदवारबिचमा नै प्रतिस्पर्धा हुने स्थानीय सचेत मतदाताको भनाइ छ ।

२०७९ सालको निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पूर्वमन्त्री तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वनाथ साहलाई एक हजार १८२ मतले पराजित गरी निर्वाचित हुनुभएको थियो । 

नेकपा (एमाले), जनता समाजवादी पार्टीबिचको गठबन्धनका उम्मेदवार श्रेष्ठ रहनुभएको थियो । माओवादी केन्द्रका उम्मेदवार साहलाई नेपाली कांग्रेस, तत्कालीन नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको थियो । यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र नेपाली कांग्रेस पार्टीबाट सुभाषचन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भु यादव र जनमत पार्टीका रोहित महतोको उम्मेदवारीले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

गोलबजार र सिरहा नगरपालिका, नरहा र विष्णुपुर गाउँपालिका र अर्नमा गाउँपालिका रहेको यस क्षेत्रमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) ले जित हासिल गर्दै आइरहेको थिए । यस पटक यस क्षेत्रमा स्वतन्त्रसहित ४१ उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि प्रमुख पुरानो दलका पुरानो अनुहार र नयाँ दलका नयाँ अनुहार भएका उम्मेदवारबिचमै प्रतिस्पर्धा हुने शिक्षक राजकिशोर यादवको भनाइ छ । उहाँका अनुसार आफ्नो दलको असली हैसियत देखाउने चुनावी प्रतिस्पर्धाका रूपमा यो चुनावलाई लिइएको छ । उहाँले नेपाली कांग्रेस पार्टीमा आन्तरिक एकता सिराहामा देखिएकाले नेपाली कांग्रेस यस पटक बलियो रहेको बताउनुभयो । 

कृषि सडक निर्माण, शिक्षामा सुधार, सीमा सुरक्षा, व्यापार प्रवर्धन र कमला नदीमा स्थायी पुलको पुनर्निर्माणसहितका आवश्यकता यस क्षेत्रका जनताले गरेका छन् । सिराहास्थित सत्यनारायण सूर्यनारायाण मोरवैता क्याम्पसको पुरानो साख जोगाउन भरपर्दो आधार, प्राविधिक शिक्षाको व्यवस्थापन, सलहेस पर्यटनको विकास, स्वदेशमा रोजगारीसहितका विषयमा चुनावी विश्वसनीय प्रतिबद्धताको प्रतीक्षामा सचेत मतदाता रहेका छन् । 

यस पटक जाति र भूगोलभन्दा परिवर्तनको आवाज मतदाताले व्यक्त गरिरहेकाले नयाँ र पुरानो पुस्ताबिच प्रतिस्पर्धा हुन सक्ने सम्भावनालाई समेत नकार्न नसकिने पत्रकार अर्जुन थपलियाको भनाइ छ । यस क्षेत्रमा ह्याट्रिक लगाउने कसरतमा पूर्वन्याय तथा कानुनमन्त्री नेकपा (एमाले) का उम्मेदवार लीलानाथ श्रेष्ठ लाग्नुभएको छ भने २०७९ को निर्वाचनमा थोरै मतले पराजित पूर्वशान्तिमन्त्री नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वनाथ साह मिहिनेत गरिरहनुभएको छ । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब