‘दल बदल्ने ‘मुड’ छैन्, तर मत बदल्ने ‘मुड’ छ : मतदाताको भनाई’

  • माघ २१, २०८२ | २४० पटक पढिएको | बैधनाथ यादब
alt

सिरहा, माघ २१ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिरहाका ग्रामीण क्षेत्रमा र सहरी इलाकामा चुनावी सरगर्मी बढेको छ । चिया–चौतारादेखि टोल छिमेकमा चुनावकै कुरा हुन थालेका छन् । गाउँका खेतबारीमा काम गर्ने किसान आफ्नै धन्दामा व्यस्त छन् । फाट्टफुट्ट नेताहरू भोट माग्न आउने गरे पनि चहलपहल कमै छ ।

नजिकिएको चुनावले युवाहरू केही उत्साहित छन्, तर बुढापाकामा त्यति उत्साह छैन । सामाजिक सञ्जाल र सञ्चार माध्यमको सहज पहुँचमा भएका ज्येष्ठ नागरिकलाई आगामी निर्वाचनका बारेमा जानकारी भए पनि गाउँका बुढापाकालाई चुनावको मितिसमेत थाहा छैन । नेता–कार्यकर्ता सहर बजार केन्द्रित हुँदा कतिपय पाका मतदाता चुनावबारे बेखबर छन् ।

तर सामाजिक सञ्जालमा जोडिएका मतदाताहरुले मतको जोड घटाउन गरिरहेका छन् । यसपालिका भोट कसलाई दिने विषयमा पनि चर्चा गरिहेका छन् । चुनावी चर्चामा  मतदाताले बालेन लहर, पुराना दल तथा उम्मेदवार र उम्मेदवारका सामाजिक कार्य र परिपक्तालाई पनि छनोटका आधार बनाई रहेका छन् । सहज रुपमा नखुलेका मतदाताले संकेतिक रुपमा भन्छन, यसपालिका निर्वाचनमा ‘दल बदल्ने ‘मुड’ छैन्, तर मत बदल्ने ‘मुड’ छ ।

देशमा ध्वास्त भयो । तर अहिले सम्म पनि पुराना राजनीतिक दलका नेताले सामाधानका लागि कुनै पनि प्रयास गरेन् । अब फेरि त्यस्ता नेताहरुका राजनीति स्वीकार छैन् । अब देशलाई नयाँ दिशा दिनका लागि पनि दल बदलेर भएपनि परवर्तनका संकेत मतबाटै गर्ने मतदाताका भनाई रहेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका उम्मेदवारबिचमा नै प्रतिस्पर्धा हुने स्थानीय सचेत मतदाताको भनाइ छ ।

२०७९ सालको निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पूर्वमन्त्री तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वनाथ साहलाई एक हजार १८२ मतले पराजित गरी निर्वाचित हुनुभएको थियो । 

नेकपा (एमाले), जनता समाजवादी पार्टीबिचको गठबन्धनका उम्मेदवार श्रेष्ठ रहनुभएको थियो । माओवादी केन्द्रका उम्मेदवार साहलाई नेपाली कांग्रेस, तत्कालीन नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको थियो । यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र नेपाली कांग्रेस पार्टीबाट सुभाषचन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भु यादव र जनमत पार्टीका रोहित महतोको उम्मेदवारीले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

गोलबजार र सिरहा नगरपालिका, नरहा र विष्णुपुर गाउँपालिका र अर्नमा गाउँपालिका रहेको यस क्षेत्रमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) ले जित हासिल गर्दै आइरहेको थिए । यस पटक यस क्षेत्रमा स्वतन्त्रसहित ४१ उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि प्रमुख पुरानो दलका पुरानो अनुहार र नयाँ दलका नयाँ अनुहार भएका उम्मेदवारबिचमै प्रतिस्पर्धा हुने शिक्षक राजकिशोर यादवको भनाइ छ । उहाँका अनुसार आफ्नो दलको असली हैसियत देखाउने चुनावी प्रतिस्पर्धाका रूपमा यो चुनावलाई लिइएको छ । उहाँले नेपाली कांग्रेस पार्टीमा आन्तरिक एकता सिराहामा देखिएकाले नेपाली कांग्रेस यस पटक बलियो रहेको बताउनुभयो । 

कृषि सडक निर्माण, शिक्षामा सुधार, सीमा सुरक्षा, व्यापार प्रवर्धन र कमला नदीमा स्थायी पुलको पुनर्निर्माणसहितका आवश्यकता यस क्षेत्रका जनताले गरेका छन् । सिराहास्थित सत्यनारायण सूर्यनारायाण मोरवैता क्याम्पसको पुरानो साख जोगाउन भरपर्दो आधार, प्राविधिक शिक्षाको व्यवस्थापन, सलहेस पर्यटनको विकास, स्वदेशमा रोजगारीसहितका विषयमा चुनावी विश्वसनीय प्रतिबद्धताको प्रतीक्षामा सचेत मतदाता रहेका छन् । 

यस पटक जाति र भूगोलभन्दा परिवर्तनको आवाज मतदाताले व्यक्त गरिरहेकाले नयाँ र पुरानो पुस्ताबिच प्रतिस्पर्धा हुन सक्ने सम्भावनालाई समेत नकार्न नसकिने पत्रकार अर्जुन थपलियाको भनाइ छ । यस क्षेत्रमा ह्याट्रिक लगाउने कसरतमा पूर्वन्याय तथा कानुनमन्त्री नेकपा (एमाले) का उम्मेदवार लीलानाथ श्रेष्ठ लाग्नुभएको छ भने २०७९ को निर्वाचनमा थोरै मतले पराजित पूर्वशान्तिमन्त्री नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वनाथ साह मिहिनेत गरिरहनुभएको छ । 

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब