मधेशमा ५६ जनाको हत्या

  • माघ २३, २०८२ | १७६ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार ४८ घन्टा भित्र तीनजनाको हत्या भएको हो ।

श्रृंखलाबद्ध रूपमा भएका यी घटनाले मधेशमा भय–त्रासको वातावरण सिर्जना भएको छ । यी घटना चुनावसँग सम्बन्धित त छैनन् । तर चुनावी माहोलका बेला भएकाले भय सिर्जना भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको हो । मृतकहरूमध्ये २६ जना पुरुष र १८ जना महिला छन् ।

यस्तै, ९ जना बालक र ३ जना बालिका रहेको तथ्यांकमा उल्लेख छ । जिल्लागत तथ्यांक अनुसार सबैभन्दा बढी हत्या सप्तरी जिल्लामा भएको छ । सप्तरीमा १३ जनाको हत्या भएकोमा ५ जना पुरुष, ६ जना महिला तथा एक÷एक जना बालक र बालिका छन् । त्यसैगरी, सो अवधिमा धनुषा र सिरहामा ९–९ जनाको हत्या भएको छ । धनुषामा ४ जना महिला, २ जना पुरुष, २ जना बालक र १ जना बालिका छन् ।

सिरहामा ४ जना पुरुष, ३ जना महिला तथा एक–एक जना बालक र बालिका रहेका छन् ।

रौतहटमा ८ जनाको हत्या भएको छ, जसमा ४ जना पुरुष, २ जना महिला र २ जना बालक छन् ।

पर्सामा ६ जनाको हत्या भएकोमा ३ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् ।

महोत्तरी र सर्लाहीमा ४–४ जनाको हत्या भएको छ । महोत्तरीमा ३ जना पुरुष र १ जना महिला छन् भने सर्लाहीमा ४ जना पुरुषको हत्या भएको तथ्यांक छ । सो अवधिमा सबैभन्दा कम बारामा ३ जनाको हत्या भएको छ, जसमा १ जना पुरुष र २ जना बालक छन् ।

यी घटनाहरूमा पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल, लागुऔषध प्रयोगलगायत कारणहरू रहेको एक प्रहरी अधिकारी बताउँछन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको थियो । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जनाको हत्या भएको थियो भने आव २०७९/०८० मा १०९ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब