माघ २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • माघ २५, २०८२ | १७७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ २५ गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी, ५७ घडी २७ पला, रातको ५ बजेर ४६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–स्वाती, ५८ घडी ७ पला । योग–गंड, ४६ घडी ३७ पला, रातको १ बजेर २७ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बेलुकी ४ बजेर ५४ मिनेट उप्रान्त बव, रातको ५ बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला  ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३० पला ।

दिन विशेष : भद्रा १६: ५४ बजेसम्म। रवि–सप्तमी व्रत।

आजको बार बेला ।

  • बिहान ६ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर ११ मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर ४ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ५ मिनेटदेखि बेलुकी ४ बजेर २६ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर २७ मिनेटदेखि बेलुकी ७ बजेर २६ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर १३ मिनेटदेखि बिहान ६ बजेर १ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।  राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा शेयर बजारमा आज गरिने लगानी फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत संगितमा लाग्नेहरूका लागी समयले साथ दिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलिको सबैले कदर गर्नेछन् । राज्यको नजिक भई काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले काम गर्न असहज हुनेछ  । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मायालुका साथ दिनभर समय व्यायित गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जानमानसमा लैजान सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमानि काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । तर पनि राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

 तपाईँको दिन शुभ रहोस् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब