विकास गछौ भने ग्यारेण्टि के ?

  • फागुन १, २०८२ | १२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन ०१ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिरहाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक माहोल तात्तिएको छ। तर देश र जनतालाई आवश्यकता अनुसारको कानून बनाउने थलो प्रतिनिधिसभालाई मतदाताले विकाससँग मात्र जोडर उम्मेदवारलाई प्रश्न गरिरहेका छन् ।

सिरहाका चारै निर्वाचन क्षेत्रका मतदाताले विकासलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचनमा मत दिने निर्णयमा देखिन्छन् । लोकतान्त्रिक गणतन्त्रमा विकास हुन्छ भने विश्वासको साथ मत दिईरहेका मतदाता धेरै नै निराष भएको अवस्थामा रहेका छन् ।

देशमा अहिले तीन तहको सरकारले विकास गरिहेपनि किन यस्तो निराषामा पुगियो जनता यो विषयमा चर्चा हुदैन । तर पटक पटक निर्वाचनमा भोट माग्न आउने पार्टि तथा नेतालाई कुनै लाज देखिदैन् । अहिले सम्मका सबै निर्वाचनमा पार्टि र उम्मेदवारहरु शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुल र बाटोघाटो नै प्रतिवद्धता गर्दै आईरहेका छन । त्यो प्रतिवद्धाता किन भुल छन भने विषयको खोजि कसैले गर्दैन। 

यस पटक मतदातामा किन यस्तो रोस प्रकट गरिरहेका छन भने विषय अश्चर्य छन् । हुन त रोस सोभाविक पनि हो । नेताका चाल ढाल ठिक भएको भए जेनजी आन्दोलन हुदैन थियो । यि नेताका नेतृत्व असक्षमताका करण नै आन्दोलन भएको हो  भने कुरा मतदाताले यस पटक बुझेका छन् । त्यसैले होल मतदाताले उम्मेदवारलाई राम्रोसँग मतका ग्यारेण्टि खोजी रहका छन् ।

सिरहा क्षेत्र नं. २ को सुखिपुर नगरपालिका–८ गागन खोलामा बर्खा बाढी आउँछ । यही खोलाको वारिपारिको बस्तीमा अहिले चुनाव पनि आएको छ । गागन खोला सिरहाको क्षेत्र नम्बर २ मा पर्छ । खोलाको किनारबाट बस्ती केही मिनेटमात्रै टाढा छ । खोला किनारमा उभिएर हेर्दा नजिकै देखिन्छन् बस्ती । खोला किनारबाट पाँच मिनेटकै दूरीमा रहेका यिनै बस्तीमा हरेक वर्षको बर्खामा केही पीडा बल्झिन्छ । स्थानीयवासीले बर्खाको पीडा नबिर्सिन नपाउँदै अहिले गाउँगाउँमा नेताहरू पुग्न थालेका छन् ।

केही ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले माइकबाट नाराहरू घन्काइउँदै मत मागिरहेका छन् । चुनाव र उम्मेदवार आइरहेका बेला गागन खोलाका मतदाताहरुले प्रश्न सोधिरहेका छन – हामीलाई सहज यात्रा गर्ने र जोड्ने पुल कहिले आउँछ्न् ? स्थानीय खटोका टोलबाट सुखिपुर बजार पुग्न सामान्य अवस्थामा पाँच मिनेट लाग्छ । तर, बाढी आएपछि त्यो बाटो बन्द हुन्छ । सवारी साधन खोलाको वारिपारि रोकिन्छन् । मानिसहरू जुत्ता हातमा, बच्चा काँधमा, र खाद्यान्न टाउकोमा बोकेर पानी छिचोल्छन् ।

स्थानीय बासिस्टकुमार सिंह भन्छन्, ‘जेठदेखि भदौसम्म चार महिना हामीलाई घुमेर जानुपर्छ । उत्तरपटिबाट कसहा–जिरोमाइल हुँदै र दक्षिणपटिबाट औरही हुँदै जाँदा करिब एक घण्टा लाग्छ ।’ सुखिपुर नगरपालिका मात्र होइन, औरही, धनगढीमाई नगरपालिकालगायत करिब दशवटा गाउँका नागरिकले वर्षोदेखि सास्ती खेप्दै आइरहेका छ्न । ‘पाँच मिनेटको बाटो एक घण्टा लगाएर तय गर्नुपर्दा हामीले कति समय, कति पैसा र कति जोखिम गुमाउँछौं, कसैले हिसाब गरेको छ ?’ सिंहको प्रश्न छ ।

गगान खोला पीडितहरुलाई भाषणा चाहिएको छैन । उनीहरुले आफ्ना समस्या समाधान चाहेका छन् । यहाँका नागरिकहरु बर्खामा बिरामी हुँदा ठूलो सास्ती खेप्न परेको दुखेसो गर्छन् । आकस्मिक स्वास्थ्य समस्या हुँदा ज्यानै गुमाउनु पर्ने अवस्था रहेको अर्का स्थानीय राजलाल साह बताउँछन् । ‘बाढी आएको बेला एम्बुलेन्स आउँदैन । बिरामीलाई बोकेर घुमाउरो बाटो लाग्नुपर्छ । कहिलेकाहीँ समयमै अस्पताल पुग्न सकिँदैन ।

यहाँ उपचार केवल स्वास्थ्य सेवा होइन, भाग्यको खेल बन्छ’, साहले भने । उनले समयसँगै दौडँदा बाटो नै अवरोध बनेपछि जीवनको मूल्य अझ गहिरो गरी महसुस गरेको बताउँलै उनले भने, ‘नेताहरुले पटक–पटक पुलको नाममा मत मागेर जान्छन् । तर, पुल कहिले बनाइदिएनन् ।’

पीडामा विद्यार्थी–किसान

पुल नहुँदाको पीडा बालबालिकाले बढी भोग्ने गरेका छन् । चार महिनाजति विद्यालय पुगिन्छ कि पुगिदैन भन्ने चिन्ताले सताउने गरेको बताउँछिन्, विद्यार्थी प्रतीक्षा यादवव । ‘बाढी आएको बेला विद्यालय जान सकिँदैन । परीक्षा छुट्छ । कहिलेकाहीँ खोलाको पानी घट्ने पर्खेर ढिलो पुग्छु’, यादव भन्छिन्, ‘चार महिना हाम्रो भविष्य अनिश्चित छ । आज विद्यालय पुगिन्छ कि पुगिँदैन ? परीक्षा दिन पाइन्छ कि छुट्छ ? थाहा हुँदैन ।’

खोलावारिपारिका करिब दशभन्दा बढी गाउँका किसानहरूको उत्पादन वर्षात् लागेपछि बजारसम्म सहजै पुग्दैन । ढुवानी खर्च बढ्छ । तरकारी समयमै नपुग्दा सड्छ । स्थानीय तेतरी महतो भन्छिन्,’हरेक चुनावमा नेताहरूले पुल बनाइदिन्छु भन्छन् । जितेपछि फर्केर हेर्दैनन् । हामीलाई जोड्ने एउटा पुल पनि बनेन ।’

तेतरीको स्वरमा आक्रोश छ । तर, यो आक्रोश वर्षौंदेखि थामिएकै छ । सिरहा–२ मा २१ फागुनमा हुने हुने निर्वाचनका लागि २९ जना उम्मेदवार मैदानमा छन् । घरदैलो अभियान, सभा, वाचा र घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । तर, गागन खोला केवल भौतिक अवरोध होइन, राजनीतिक प्रतिबद्धताको मापन गर्ने मानक बनेको छ ।

हरेक पाँच वर्ष चुनाव आउँछ । यहाँ हरेक वर्ष बाढी आउँछ । यसपटक भने पाँच वर्ष नपुग्दै चुनाव आएको छ । तर, अत्यावश्यक रहेको पुल कहिल्यै नआउने भन्दै स्थानीय आक्रोश व्यक्त गर्छन् । स्थानीयहरू भन्छन्, ‘विकासका ठूला नाराभन्दा हामीलाई चाहिएको एउटा साधारण संरचना, पुल हो ।

यस्तो पुल जसले पाँच मिनेटको दूरीलाई फेरि पाँच मिनेटमै सीमित गरोस् । यस्तो पुल जसले विद्यार्थीको भविष्य, बिरामीको जीवन र किसानको पसिनालाई जोखिमबाट मुक्त गरोस् ।’

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब