विकास गछौ भने ग्यारेण्टि के ?

  • फागुन १, २०८२ | १४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन ०१ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिरहाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक माहोल तात्तिएको छ। तर देश र जनतालाई आवश्यकता अनुसारको कानून बनाउने थलो प्रतिनिधिसभालाई मतदाताले विकाससँग मात्र जोडर उम्मेदवारलाई प्रश्न गरिरहेका छन् ।

सिरहाका चारै निर्वाचन क्षेत्रका मतदाताले विकासलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचनमा मत दिने निर्णयमा देखिन्छन् । लोकतान्त्रिक गणतन्त्रमा विकास हुन्छ भने विश्वासको साथ मत दिईरहेका मतदाता धेरै नै निराष भएको अवस्थामा रहेका छन् ।

देशमा अहिले तीन तहको सरकारले विकास गरिहेपनि किन यस्तो निराषामा पुगियो जनता यो विषयमा चर्चा हुदैन । तर पटक पटक निर्वाचनमा भोट माग्न आउने पार्टि तथा नेतालाई कुनै लाज देखिदैन् । अहिले सम्मका सबै निर्वाचनमा पार्टि र उम्मेदवारहरु शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुल र बाटोघाटो नै प्रतिवद्धता गर्दै आईरहेका छन । त्यो प्रतिवद्धाता किन भुल छन भने विषयको खोजि कसैले गर्दैन। 

यस पटक मतदातामा किन यस्तो रोस प्रकट गरिरहेका छन भने विषय अश्चर्य छन् । हुन त रोस सोभाविक पनि हो । नेताका चाल ढाल ठिक भएको भए जेनजी आन्दोलन हुदैन थियो । यि नेताका नेतृत्व असक्षमताका करण नै आन्दोलन भएको हो  भने कुरा मतदाताले यस पटक बुझेका छन् । त्यसैले होल मतदाताले उम्मेदवारलाई राम्रोसँग मतका ग्यारेण्टि खोजी रहका छन् ।

सिरहा क्षेत्र नं. २ को सुखिपुर नगरपालिका–८ गागन खोलामा बर्खा बाढी आउँछ । यही खोलाको वारिपारिको बस्तीमा अहिले चुनाव पनि आएको छ । गागन खोला सिरहाको क्षेत्र नम्बर २ मा पर्छ । खोलाको किनारबाट बस्ती केही मिनेटमात्रै टाढा छ । खोला किनारमा उभिएर हेर्दा नजिकै देखिन्छन् बस्ती । खोला किनारबाट पाँच मिनेटकै दूरीमा रहेका यिनै बस्तीमा हरेक वर्षको बर्खामा केही पीडा बल्झिन्छ । स्थानीयवासीले बर्खाको पीडा नबिर्सिन नपाउँदै अहिले गाउँगाउँमा नेताहरू पुग्न थालेका छन् ।

केही ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले माइकबाट नाराहरू घन्काइउँदै मत मागिरहेका छन् । चुनाव र उम्मेदवार आइरहेका बेला गागन खोलाका मतदाताहरुले प्रश्न सोधिरहेका छन – हामीलाई सहज यात्रा गर्ने र जोड्ने पुल कहिले आउँछ्न् ? स्थानीय खटोका टोलबाट सुखिपुर बजार पुग्न सामान्य अवस्थामा पाँच मिनेट लाग्छ । तर, बाढी आएपछि त्यो बाटो बन्द हुन्छ । सवारी साधन खोलाको वारिपारि रोकिन्छन् । मानिसहरू जुत्ता हातमा, बच्चा काँधमा, र खाद्यान्न टाउकोमा बोकेर पानी छिचोल्छन् ।

स्थानीय बासिस्टकुमार सिंह भन्छन्, ‘जेठदेखि भदौसम्म चार महिना हामीलाई घुमेर जानुपर्छ । उत्तरपटिबाट कसहा–जिरोमाइल हुँदै र दक्षिणपटिबाट औरही हुँदै जाँदा करिब एक घण्टा लाग्छ ।’ सुखिपुर नगरपालिका मात्र होइन, औरही, धनगढीमाई नगरपालिकालगायत करिब दशवटा गाउँका नागरिकले वर्षोदेखि सास्ती खेप्दै आइरहेका छ्न । ‘पाँच मिनेटको बाटो एक घण्टा लगाएर तय गर्नुपर्दा हामीले कति समय, कति पैसा र कति जोखिम गुमाउँछौं, कसैले हिसाब गरेको छ ?’ सिंहको प्रश्न छ ।

गगान खोला पीडितहरुलाई भाषणा चाहिएको छैन । उनीहरुले आफ्ना समस्या समाधान चाहेका छन् । यहाँका नागरिकहरु बर्खामा बिरामी हुँदा ठूलो सास्ती खेप्न परेको दुखेसो गर्छन् । आकस्मिक स्वास्थ्य समस्या हुँदा ज्यानै गुमाउनु पर्ने अवस्था रहेको अर्का स्थानीय राजलाल साह बताउँछन् । ‘बाढी आएको बेला एम्बुलेन्स आउँदैन । बिरामीलाई बोकेर घुमाउरो बाटो लाग्नुपर्छ । कहिलेकाहीँ समयमै अस्पताल पुग्न सकिँदैन ।

यहाँ उपचार केवल स्वास्थ्य सेवा होइन, भाग्यको खेल बन्छ’, साहले भने । उनले समयसँगै दौडँदा बाटो नै अवरोध बनेपछि जीवनको मूल्य अझ गहिरो गरी महसुस गरेको बताउँलै उनले भने, ‘नेताहरुले पटक–पटक पुलको नाममा मत मागेर जान्छन् । तर, पुल कहिले बनाइदिएनन् ।’

पीडामा विद्यार्थी–किसान

पुल नहुँदाको पीडा बालबालिकाले बढी भोग्ने गरेका छन् । चार महिनाजति विद्यालय पुगिन्छ कि पुगिदैन भन्ने चिन्ताले सताउने गरेको बताउँछिन्, विद्यार्थी प्रतीक्षा यादवव । ‘बाढी आएको बेला विद्यालय जान सकिँदैन । परीक्षा छुट्छ । कहिलेकाहीँ खोलाको पानी घट्ने पर्खेर ढिलो पुग्छु’, यादव भन्छिन्, ‘चार महिना हाम्रो भविष्य अनिश्चित छ । आज विद्यालय पुगिन्छ कि पुगिँदैन ? परीक्षा दिन पाइन्छ कि छुट्छ ? थाहा हुँदैन ।’

खोलावारिपारिका करिब दशभन्दा बढी गाउँका किसानहरूको उत्पादन वर्षात् लागेपछि बजारसम्म सहजै पुग्दैन । ढुवानी खर्च बढ्छ । तरकारी समयमै नपुग्दा सड्छ । स्थानीय तेतरी महतो भन्छिन्,’हरेक चुनावमा नेताहरूले पुल बनाइदिन्छु भन्छन् । जितेपछि फर्केर हेर्दैनन् । हामीलाई जोड्ने एउटा पुल पनि बनेन ।’

तेतरीको स्वरमा आक्रोश छ । तर, यो आक्रोश वर्षौंदेखि थामिएकै छ । सिरहा–२ मा २१ फागुनमा हुने हुने निर्वाचनका लागि २९ जना उम्मेदवार मैदानमा छन् । घरदैलो अभियान, सभा, वाचा र घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । तर, गागन खोला केवल भौतिक अवरोध होइन, राजनीतिक प्रतिबद्धताको मापन गर्ने मानक बनेको छ ।

हरेक पाँच वर्ष चुनाव आउँछ । यहाँ हरेक वर्ष बाढी आउँछ । यसपटक भने पाँच वर्ष नपुग्दै चुनाव आएको छ । तर, अत्यावश्यक रहेको पुल कहिल्यै नआउने भन्दै स्थानीय आक्रोश व्यक्त गर्छन् । स्थानीयहरू भन्छन्, ‘विकासका ठूला नाराभन्दा हामीलाई चाहिएको एउटा साधारण संरचना, पुल हो ।

यस्तो पुल जसले पाँच मिनेटको दूरीलाई फेरि पाँच मिनेटमै सीमित गरोस् । यस्तो पुल जसले विद्यार्थीको भविष्य, बिरामीको जीवन र किसानको पसिनालाई जोखिमबाट मुक्त गरोस् ।’

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब