भित्तामा प्रचार प्रयोग गरे २५ हजार जरिवाना

  • फागुन १४, २०८२ | २०२ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आचार संहिता पालना गराउन निर्वाचन आयोग सक्रिय रुपमा लागेका छ्न । स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएसँगै अनुगमन टोलीलाई समेत सक्रिय बनाएको छ ।

यस क्रममा धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा आचार संहिता विपरितका प्रचार प्रसार सामग्री पटक पटक हटाउंदै आएका छन् । यसैबीच निर्वाचन प्रचार प्रसारमा भित्तेलेखन गर्न नपाइने प्रावधानलाई समेत कडाईका साथ लागू गराउन आयोगले सक्रियता देखाएका छन् ।

कसैले कुनै प्रकारको पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्ने÷छपाउने कार्य गरे २५ हजारसम्म जरिबाना हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोगले तोकेको आकार र रङको सामान्य पर्चा वितरण गर्न भने पाउनेछन् ।

यसबाहेक निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न पाइँदैन । निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले गरिने सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउन्ड सिस्टमको समेत प्रयोग गर्न नपाइने प्राबधान छ ।

कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन ।

उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुँदैन । निर्वाचन आचारसंहिता २०८२ अनुसार यस्तो कार्य गरेको पाइएमा कसुरमा संलग्नलाई निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब