सिरहा नगरस्तरीय फुटवल प्रतियोगिताको फाइनल विजेता वडा नं. ७

  • फागुन १६, २०८२ | २१० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १६ गते । “युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान “ भन्ने मूल नाराका साथ सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेलमा वडा नं. ७ विजयी भएको छ।

 शुक्रवार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नम्बर ८ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ च्याम्पियन बन्न सफल भएको हो।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो हाफदेखि नै आक्रामक खेल प्रस्तुत गरेको वडा नम्बर ७ ले निर्णायक अग्रता बनाउँदै उपाधि आफ्नो पोल्टामा पारेको छ ।

वडा नं. ७ बाट राजाबाबु मेस्तर र लव मुखियाले एक एक गोल गरेका छन् । वडा नं. ८ बाट एक मात्र गोल रामबाबु दासले गरेको छ । खेलको म्यान अफ द म्याच वडा न. ७ का खेलाडी लभ मुखिया भएको छ ।

त्यसैगरी खेलको म्यान अफ द टुनामेन्ट वडा नं. ७ का खेलाडी राज बाबु मेस्तर, बेस्ट गोल किपर वडा नं. ७ का खेलाडी सुमन महरा, बेस्ट डिफेन्डर वडा नं. ८ का खेलाडी रामबाबु दास, बेस्ट फोरवार्ड वडा नं. ७ का खेलाडी दिपेश पासमान, इमर्जिङ प्लेयर वडा नं. ७ का खेलाडी सागर मेस्तर, सर्वाधिक कोलकर्ता वडा नं. ७ का खेलाडी राजबाबु मेस्तर र अनुशासित खेलाडी वडा नं ७ का अनुज मुखिया भएका छन् । सबै खेलाडीलाई साईकल, नगद र ट्फि पुरस्कारका रुपमा प्रदान गरिएको छ ।

प्रथम विजेता वडा नं. ७ लाई रु.६० हजार नगद, ट्फि र दोस्रो उपविजेता वडा नं. ८ लाई नगद रु.३० हजार नगद, ट्फि पुरस्कारका रुपमा प्रदान गरिएको सलहेश युवा क्लव सिरहाका अध्यक्ष राजिप यादबले बताए ।

सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता सिरहा आर्थिक सहयोगमा र सलहेश युवा क्लव सिरहाको आयोजनामा सम्पन भएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब