सिरहा–३ मा दुई दलबीच कडा प्रतिस्पर्धा

  • फागुन १७, २०८२ | २८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १६ गते । सिरहा निर्वाचन क्षेत्र नं ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र रुपमा बढेको छ। कुल १२ राजनीतिक दल र २९ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने चार प्रमुख दलबीच सीमित हुने देखिएको छ। तर कडा प्रतिस्पर्धा दुई दलमा मात्र रहने मतदाताहरुका भनाई रहेका छन्।

बालेनको लहर, स्थानीय राजनीतिक समीकरण, अघिल्लो निर्वाचनको मतपरिणाम र दलगत संगठनको अवस्थाले यस क्षेत्रको चुनावलाई पेचिलो बनेको छ। मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु कुमार यादब, नेपाली कांग्रेसका सुभाषचन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टी ’एमाले’का निवर्तमान सांसद लीलानाथ श्रेष्ठ र नेपालि कम्युनिष्ट पार्टीका विश्वनाथ साहबीच कडा टक्कर हुने विश्लेषण गरिएको छ। 

चारै उम्मेदवार आ–आफ्नो संगठन र मतदातामाझ सक्रिय प्रचारप्रसारमा जुटेका छन्।    २०७९ सालको निर्वाचनमा एमालेका श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले २६ हजार ८८२ मत ल्याएका थिए। झिनो मतान्तरले पराजित भएका साह यसपटक उत्साहित देखिन्छन्। अघिल्लो पटक गठबन्धनको समीकरण रहे पनि यसपटक बदलिएको राजनीतिक परिदृश्यले प्रतिस्पर्धा झनै रोचक बनेको छ। तर एमालेभित्रको आन्तरिक असन्तुलन श्रेष्ठका लागि चुनौती बन्न सक्ने देखिन्छ। 

समानुपातिक सांसद रहेकी सम्झना थपलिया, पूर्वसांसद जानकीदेवी रामलगायत केही प्रभावशाली नेताको बहिर्गमनले संगठनमा असर पारेको चर्चा छ। यद्यपि, आफूले विकास निर्माणका काम गरेको दाबी गर्दै श्रेष्ठ तेस्रोपटक जित हातपार्ने दाउमा छन्। कांग्रेसका यादव परम्परागत मत सुरक्षित गर्दै असन्तुष्ट मत तान्ने रणनीतिमा छन् भने माओवादीका साह विगतको मतलाई आधार मानेर थप विस्तार गर्ने प्रयासमा छन्।

रास्वपाका शम्भुकुमार यादव भने नयाँ राजनीतिक विकल्पको नारासहित युवा मतदातालाई आकर्षित गर्न सक्रिय देखिन्छन्। २०७९ को समानुपातिकतर्फ कांग्रेसले १६ हजार, एमालेले १५ हजार ५९८, जनमतले १० हजार १७७, माओवादीले ८ हजार ४८५, जसपाले ७ हजार ९६०, एकीकृत समाजवादीले ६ हजार ८१८, राप्रपाले १ हजार ५४२, रास्वपाले ७३१ र लोसपाले २१४ मत ल्याएका थिए। यस तथ्यांकले परम्परागत दलहरू बलियो देखिए पनि अन्तिम परिणाम संगठनको परिचालन र मतदाता व्यवस्थापनमा निर्भर रहने आकलन गरिएको छ। 

सिरहा ३ अन्तर्गत अर्नमा गाउँपालिका–१, २ र ३ गोलबजार नगरपालिका १ देखि १२ नम्बर वडा नरहा गाउँपालिका १ र २ विष्णुपुर गाउँपालिका १ र ५ तथा सिराहा नगरपालिकाका २२ वडा गरी कुल ४१ वडा समेटिएका छन्। यस आधारमा दलहरूले आफ्नो परम्परागत मत सुरक्षित राख्न सके कडा प्रतिस्पर्धा हुने देखिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबीच हुने मतदाताका भनाई छन ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब