आज बेलुका खण्डग्रास चन्द्रग्रहण लाग्ने

  • फागुन १९, २०८२ | २५५ पटक पढिएको | सीमा संदेश
alt

फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुका ७ बजेर ४ मिनेटमा चन्द्रग्रहण सकिन्छ ।

नेपालबाट झन्डै एक घण्टा चन्द्रग्रहण देखिनेछ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र आँखालाई असर नगर्ने खगोलविद्ले बताएका छन् । खुला ठाउँबाट पनि नाङ्गो आँखाले हेर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो ।

यसअघि गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्ने शास्त्रीय परम्परा छ ।

आज बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन गर्न नहुने भनिए पनि बालबालिका, रोगी, अशक्त, वृद्धवृद्धालगायतलाई नियम पालना अनिवार्य छैन । यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिनेछ । 

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब