सिरहाका चारवटै क्षेत्रमा रास्वपाकाे अग्रता

  • फागुन २३, २०८२ | २५३ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको जारी गणनामा सिरहाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।  मतगणनाको शनिबार बिहान ७ बजेसम्मको परिणाम अनुसार १५ हजार ५१२ मत गणना गर्दासम्म सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८ हजार ६७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामसुन्दर चौधरी १ हजार २३४, नेकपा एमालेका रामशंकर यादव २ हजार ६, नेकपाका रामचन्द्र यादव १ हजार ३७३, जसपाका सत्यनारायण यादव ५३७, जनमत पार्टीका रामस्वरुप चौधरीले ३५५ मत प्राप्त गरेका छन् । 

सिरहा २ मा रास्वपाका शिवशंकर यादवले २१ हजार ८२ मत ल्याउँदा कांग्रेसका रामचन्द्र यादव ६ हजार १७०, एमालेका नविनकुमार यादव २ हजार ९६१, जसपाका    संजिवकुमार यादव २ हजार ५२४, नेकपाका मुक्तिनारायण सिंह १ हजार १५०, जनमत पार्टीका विनोद यादवले १ हजार ४४४ मत ल्याएका छन् ।

 क्षेत्र नं. ३ मा रास्वपाका शम्भुकुमार यादवले १२ हजार ५२८ मतसहित अग्रता लिंदासम्म नेकपाका विश्नाथ साह ६ हजार १५२, एमालेका लिलानाथ श्रेष्ठ ५ हजार ८६७, कांग्रेसका सुभाषचन्द्र यादव २ हजार ६३७, जसपाका अशेश्वर यादवले १ हजार ८९१ मत ल्याएका छन् । 

क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवार तपेश्वर यादवले १८ हजार ४८६, नेकपाका अजयशंकर नायक ३ हजार २७६, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादव २ हजार ७७२, जनमत पार्टीका बिरेन्द्रप्रसाद महतो २ हजार ६२४, नेकपा एमालेका धर्मनाथप्रसाद साह २ हजार ३००, जसपा नेपालका राजकिशोर यादव २ हजार २६७ मत ल्याएका छन् ।

बारामा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत ...

जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास् ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकस

अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीम ...

कार्तिक १५ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब