सिरहाका चारवटै क्षेत्रमा रास्वपाकाे अग्रता

  • फागुन २३, २०८२ | २३० पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको जारी गणनामा सिरहाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।  मतगणनाको शनिबार बिहान ७ बजेसम्मको परिणाम अनुसार १५ हजार ५१२ मत गणना गर्दासम्म सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८ हजार ६७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामसुन्दर चौधरी १ हजार २३४, नेकपा एमालेका रामशंकर यादव २ हजार ६, नेकपाका रामचन्द्र यादव १ हजार ३७३, जसपाका सत्यनारायण यादव ५३७, जनमत पार्टीका रामस्वरुप चौधरीले ३५५ मत प्राप्त गरेका छन् । 

सिरहा २ मा रास्वपाका शिवशंकर यादवले २१ हजार ८२ मत ल्याउँदा कांग्रेसका रामचन्द्र यादव ६ हजार १७०, एमालेका नविनकुमार यादव २ हजार ९६१, जसपाका    संजिवकुमार यादव २ हजार ५२४, नेकपाका मुक्तिनारायण सिंह १ हजार १५०, जनमत पार्टीका विनोद यादवले १ हजार ४४४ मत ल्याएका छन् ।

 क्षेत्र नं. ३ मा रास्वपाका शम्भुकुमार यादवले १२ हजार ५२८ मतसहित अग्रता लिंदासम्म नेकपाका विश्नाथ साह ६ हजार १५२, एमालेका लिलानाथ श्रेष्ठ ५ हजार ८६७, कांग्रेसका सुभाषचन्द्र यादव २ हजार ६३७, जसपाका अशेश्वर यादवले १ हजार ८९१ मत ल्याएका छन् । 

क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवार तपेश्वर यादवले १८ हजार ४८६, नेकपाका अजयशंकर नायक ३ हजार २७६, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादव २ हजार ७७२, जनमत पार्टीका बिरेन्द्रप्रसाद महतो २ हजार ६२४, नेकपा एमालेका धर्मनाथप्रसाद साह २ हजार ३००, जसपा नेपालका राजकिशोर यादव २ हजार २६७ मत ल्याएका छन् ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब