कञ्चनपुर– कमला सडक धुलोमैय, स्थानीयले गरे सडक अबरुद्ध

  • चैत २०, २०८२ | १५० पटक पढिएको | सीमा संदेश
alt

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहा धनुषा जोड्ने कमला नदीसम्मको सडकको लहानसहित विभिन्न खण्डमा काम रोकिएपछि निर्माण सुचारुको माग गर्दै स्थानीयले सडक अबरुद्ध गरेका छन् । 

तेस्रो पल्ट म्याद थपपछि आगामी १६ असार (३० जुन) सम्म बाँकी रहेका निर्माण सम्पन्न गरिसक्नु भएपनि मुख्य बजार क्षेत्रहरुमा ठूला संरचना तथा सडक निर्माण अलपत्र छोडेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै शुक्रबार लहानमा करिब पाँच घण्टा सडक अबरुद्ध गरिएको हो ।

चाइना रेलवे नं. २ इञ्जिनियरिङ् ग्रुपले ठेक्का लिएको कञ्चनपुरदेखि कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर खण्ड अन्तर्गत लहानको सडक भत्काएर करिबएक वर्षदेखि अलपत्र छोडिएपछि स्थानीय बासिन्दाले धुलो र धुँवाले समस्या भएको भन्दै तत्काल निर्माण सुचारुको माग गर्दै सडक अबरुद्ध गरेका हुन् । 

२ वैसाखदेखि काम थाल्ने सहमति

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईको रोहवरमा चाइना रेलवे नं. २ इञ्जिनियरिङ् ग्रुपका निर्माण प्रमुख माओ योङ्ग तथा लहानका स्थानीय अगुवाहरुको उपस्थितिमा भएको छलफलले आगामी २ वैसाखदेखि निर्माण सुचारु गरिने र दैनिक पाँच पल्ट सडकमा पानी छर्किने सहमति भएसँगै पूर्व तथा पश्चिमतर्फ हिंडेका सयौं सवारी साधन दिउँसो करिब १ बजेतिर गन्तव्यतर्फ हिंडेका थिए ।

समहति कार्यान्वयनका लागि लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, प्रहरी नायव उपरीक्षक राईले प्रतिबद्धता जनाएका छन् । 

मिर्चैयास्थित पश्चिम खण्ड कार्यालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदन अनुसार गत पुस मसान्तसम्म चार लेनको कालोपत्रे ३४.०१ किलोमिटर सडक निर्माण सकिएपनि छ लेनको करिब १३ किलोमिटर सडक अलपत्र छ । जिल्लाको मुख्य बजार क्षेत्र मानिने मिर्चैया, लहानमा छ लेन सडकसहित ओभरपास र अण्डरपासका लागि पाइल फाउण्डेसनको काम सकिएको भएपनि गोलबजारमा डिजाइन स्वीकृती ढिलो हुँदा माटो परीक्षण बाहेक अन्य काम हुन नसकेको कार्यालयले जनाएको  छ । 

तेस्रो पल्ट म्याद थप, भएन काम

ग्रुपले सन् २०२० जुनमा गरेको ठेक्का सम्झौता अनुसार कंचनपुरदेखि कुसहासम्म ३९.४२ किलेमिटर पूर्वी खण्ड र कुसहादेखि कमला नदीसम्म ४७.४ किलोमिटर पश्चिम खण्ड गरी ८६.८२ किलोमिटर सडक चार र छ लेनसहित, पुल, कलभर्ट, ओभरपास र अण्डरपास, आकासे पुल निर्माण २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो ।

साइट क्लिरियरेन्स, कोरोना महामारी, सडक क्षेत्रका रुख कटान, बिजुलीका पोलसार्न ढिलाई जस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालेको ग्रुपले निर्धारित समयमा काम नसकेपछि पहिलो पटक २३ डिसेम्बर २०२४ सम्म १४ महिना र दोस्रो पकट २०२५ डिसेम्बरसम्म १२ महिना म्याद थप भएको थियो । अन्तिम पल्ट गत डिसेम्बरमा तेस्रो पटक छ महिना म्याद गप पाएको ग्रुपले पछिल्लो करिब दुई महिनादेखि निर्माण रोकेको छ । 

ग्रुपले कुसहा कंचनपुर ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र कुसहादेखि कमलासम्म ४७.४ किलोमिटर पश्चिम खण्ड भरियसनपछि आठ अर्ब ८० करोड ७० लाख १८ हजार दुई सय ७७ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता गरेको थियो । उक्त सडक निर्माणका लागि एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी छ । पुस सम्मको प्रतिवेदन अनुसार ठेकेदार कम्पनीको पछिल्लो त्रैमासमा ३.५५ प्रतिशत सहित कुल भौतिक प्रगति ६७.१४ प्रतिशत र ५८.३३ प्रतिशत वित्तीय प्रगति छ ।  

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब