चैत्र २८ गते शनिबार,यस्तो छ तपाईंको राशिफल
- चैत २८, २०८२ | ८६ पटक पढिएको | सीमा संदेश
वि.सं. २०८२ साल चैत्र २८ गते । शनिबार । ईश्वी सन् २०२६ अप्रिल ११ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष ।
तिथि–नवमी, ३८ घडी ३३ पला, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराषाढा, १२ घडी २९ पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त श्रवण ।
योग–सिद्ध, २५ घडी ४९ पला, बेलुकी ४ बजेर ६ मिनेट उप्रान्त साध्य । करण–तैतिल, बिहान ८ बजेर ४१ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ३९ पला ।
आजको बार बेला:
- बिहान ५ बजेर ४६ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर ४७ मिनेटदेखि बिहान ७ बजेर २१ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर २२ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर ३१ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ३२ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १६ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर १७ मिनेटदेखि बेलुकी ४ बजेर ५१ मिनेटसम्म काल बेला ।
- बेलुकी ४ बजेर ५२ मिनेटदेखि बेलुकी ७ बजेर ५१ मिनेटसम्म लाभ बेला ।
(नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।)
राहुकाल:
बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
(नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।)
ब्रह्म मुहूर्त:
बिहान ४ बजेर १० मिनेटदेखि बिहान ४ बजेर ५८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सक्नेछन् । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ ।
- मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): परिवारमा आफन्त तथा पति–पत्नीबीच विवाद बढ्नेछ भने चेली–माइतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरू नै लागिपर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । साँझपख नयाँ योजना बनाई मनन गरे पछिसम्म आम्दानी हुने काम गर्न सकिनेछ ।
- कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): रमाइलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन, स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईंको भनाइ तथा रायलाई स्वीकार्दै जाने सहमति जुट्नेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइलेखाइ सफलताकै मार्गमा अगाडि बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईंकै प्रशंसा गर्दै हिँड्नेछन् । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): पति–पत्नीबीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गाजमिनको कारोबारले फाइदा गराउनेछ।
- तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईंको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग साना–साना कुरामा मनमुटाव सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने–लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छातीसम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेकोले ध्यान दिनुहोला । तापनि कृषि, पशुपालन तथा सवारी साधनको व्यवसायबाट मनग्गे आम्दानी हुनेछ ।
- वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यतीत हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी पछिको लागि आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइलेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ । समयको सदुपयोग गर्दै यात्रामा निस्कन सकिनेछ ।
- धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ । गीतसङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
- मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगमार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मनपर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।
- कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): आम्दानीभन्दा खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियमसङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । तपाईंको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दूरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागि समय फलदायी रहनेछ ।
- मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । समयको सदुपयोग गर्दै यात्रामा निस्कन सकिने तथा खानपानमा समय व्यतीत हुनेछ ।
तपाईंको दिन शुभ रहोस् ।