उद्योगमा गौरी यादव र र श्रममा रामजी यादव नियुक्त

  • चैत २८, २०८२ | १९४ पटक पढिएको | सीमा संदेश
alt

अवैधानिक रुपमा श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ बीमा बोर्डमा पुनः बहाली गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई बर्खास्त गरेको एक दिन नबित्दै दुई जनालाई मन्त्री पदमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री बालेन साहले उद्योग मन्त्रालयमा गौरी कुमारी यादव नियुक्त गरिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ । गौरी कुमारी यादव महोत्तरी– ४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी– २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरी सांसद बनेका थिए ।

दुवै मन्त्री राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री साहले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्रीसाहलाई पदमुक्त गरेका थिए । उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री साहले आफैँ राखेका थिए । उनी प्रधानमन्त्री साहको नातामा साढु हुन् ।

रामजी यादव : इञ्जिनियरदेखि सांसद र मन्त्रीसम्म फड्को

नेपाली राजनीतिमा पछिल्लो समय चलेको लहरका कारण परम्परागत राजनीतिको अनुभव शून्य भएका युवाहरू सिधै राज्य सञ्चालनको बागडोर सम्हालेका छन् । यस लहरको पछिल्लो र चकित पार्ने पात्र बनेका छन्, ‘३० वर्षीय विद्युत् इन्जिनियर रामजी यादव ।’ सप्तरीको राजविराजबाट संसदीय राजनीतिमा उदाएका यूवा पुस्ताको राजनीतिक यात्रा छोटो र शक्तिशाली देखिन्छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई पराजित गरेर संसद् छिर्दा धेरैले यसलाई घण्टीको लहरको परिणाम मात्र ठानेका थिए । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो, तब यादवको छलाङ मारेको छ ।

रास्वपाले यस निर्वाचनमा १८२ सिट जितेको छ । जसमा बालेन्द्र साह प्रधानमन्त्री छन् । अन्य १५ जना सांसद पनि उनीसंगै मन्त्रीमा नियुक्त भएका छन् । डीपी अर्याल सभामुख बने भने दीपकुमार साह मन्त्रीबाट पदमुक्त भइसकेका छन् । यसले गर्दा उनी तत्काल मन्त्री बन्ने सम्भावना न्यून छ । बाँकी १६५ जना सांसद मन्त्रीको लाइनमा भए पनि यादव सबैलाई उछिनेर मन्त्री पद प्राप्त गर्न सफल भएका छन् । निवर्तमान श्रममन्त्री दीपककुमार साह विवादमा परेपछि रास्वपाले बिहीबार उनलाई पदमुक्त गरेको थियो । सोही रिक्त ठाउँमा पार्टीले यादवलाई पठाउने निर्णय गर्दा उनी स्वयं आश्चर्य लागेको बताउँछन् ।

शून्य राजनीतिक पृष्ठभूमिबाट एक्कासी मन्त्रीको कुर्सीमा पुगेका उनी वाचापत्रका बुँदाहरूलाई भुईंमान्छेको जीवनसंग जोड्न केन्द्रित हुने उनको बुझाइ छ । पेसाले विद्युत इञ्जिनियर यादव नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारका विज्ञ छन् । सात वर्षसम्म इजिवल्र्ड इञ्जिनियरिङ प्रालिको प्रबन्ध निर्देशकका रूपमा काम गरेका उनी आफूसँग सफल व्यावसायिक अनुभव रहेको उनले बताए । सप्तरी जिल्लामा उनी नेताका रूपमा भन्दा समाजसेवीका रुपमा चिनिन्छन् ।

राजविराजमा सब– इञ्जिनियरिङ कलेजको स्थापना, फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, रंगशालाको पूर्वाधार निर्माण र स्वास्थ्य चौकी भवन निर्माणमा उनले गरेको प्राविधिक नेतृत्वले नै उनलाई जनताको विश्वास दिलाएको दाबी उनले गरे । उनले संवेदनशील मानिने श्रम मन्त्रालय कसरी सम्हाल्छन् र परम्परागत कर्मचारीतन्त्रसंग कसरी समन्वय गर्छन् भन्ने कुराले नेपालमा युवा र विज्ञको राजनीतिक भविष्यप्रतिको दृष्टिकोण तय गर्ने देखिन्छ ।

उनी आफूले काम गरेर देखाउनेमा ढुक्क छन् । नवनियुक्त मन्त्री यादवले पार्टीको १०० बुँदे वाचापत्रलाई नै आफ्नो कार्यसम्पादनको मूल मन्त्र मानेका छन् । उनले भने, ‘पहिलो पटक पाएको अवसर सदुपयोग गर्न वाचापत्र नै लागि गाइडलाइन हो। त्यही अनुसार काम गर्छौं। व्यक्तिगत रूपमा राम्रो काम गर्छु ।’ प्रोफेसनल रुपमा काम गर्ने बताउने उनी राजनीतिलाई सेवाभन्दा पनि नतिजामुखी बनाउनुपर्ने उनले बताए । उनले भने, ‘रेस्पोन्सिबल र अकाउन्टेबल बन्नुप¥यो। जिम्मेवारीलाई इमानदार भएर पालना गर्नुप¥यो। जनताले चाहेको र खोजेको परिवर्तन अनुसारको काम गर्नुप¥यो ।’

३० वर्षकै उमेरमा मन्त्रालयको चाबी पाएका उनका लागि अग्नीपरीक्षा हो । पछिल्ला दिनमा नेपालको श्रम बजार अस्तव्यस्त छ, वैदेशिक रोजगारीका नाममा हजारौँ युवा ठगिएका छन् । सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्नुपर्ने चुनौती यथावत नै छ । अहिले मध्यपूर्वमा अमेरिका–इजरायल–इरान युद्धका कारण १७ लाखभन्दा बढी वैदेशिक श्रमिकको रोजगारी सुरक्षा निकै चुनौतीको रुपमा रहेको छ ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब