ब्रदरहुडलाई नवौं गोलबजार मेयर गोल्डकपको उपाधि

  • चैत ३०, २०८२ | १०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

गोलबजार । गोलबजार नगरपालिका सिरहाको आयोजनामा सम्पन्न नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।

आइतबार भएको फाइनलमा ब्रदरहुडले सलहेश युवा क्लब सिरहालाई २–१ को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल बन्यो । ब्रदरहुडको जितमा दुवै गोल पुजन चौधरीले गरे । उता पराजित सलहेशका लागि भने एन्ड्रियुले गोल फर्काएका थिए ।

विजेता बनेको ब्रदरहुडले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्दा उपविजेता सलहेशले २,२२,२२२ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलमा निर्णायक दुई गोल गरेका ब्रदरहुडका पुजन चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पनि ब्रदरहुड कै सौरभ बराल चुनिए । उत्कृष्ट डिफेन्डर सलहेशका कुलदिप कार्की बन्दा उत्कृष्ट मिडफिल्डर पनि सलहेश कै सुजन डंगोल बने । त्यस्तै उत्कृष्ट फरवार्ड ब्रदरहुडका आकाश राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार चात्या सा एफसी, झापाका शिशिर लेखीले हात पारे ।

उत्कृष्ट प्रशिक्षक पनि विजेता टोली ब्रदरहुडका डेविन मगरले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि विजेता बनेको ब्रदरहुड फुटबल क्लब कै सुदिप श्रेष्ठ घोषित भए ।

फाईनल खेलका मुख्य अतिथी प्रदेशसभा सदस्य मनोज कुमार सिंहले खेलाडीहरुलाई जितको शुभकामना दिदैं भविष्यमा सिरहाको खेलजगतको विकासमा आफ्नो तर्फबाट सवैखालको पहलकदमी लिने बताए। उनले खेलको माध्यमबाट आज युवाहरु कुलतबाट जोगिनुको साथै स्वस्थ रहेको बताए।

उनले आगामी दिनमा गोलबजारसहित जिल्लाका फूटवल खेललाई अझ व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘यहाँ खेलाडीहरुको राम्रो उपस्थिति रहेपनि उचित कोचको व्यवस्था गर्नु पर्ने देखेको छु। त्यसमा मैले सकेको सहयोग गर्ने छु।’

त्यसैगरी गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले नगरपालिकाले निरन्तर रुपमा फूटवल लगायतका खेलको विकासमा योगदान गर्दै आयको बताउँदै आउँदा दिनमा सवै खेलहरुको विकासमा नगरपालिकाले योगदान गर्ने बताए। 

यहि चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कोशि, मेधश र बागमती प्रदेशका ८ वटा फूटवल क्लवहरुले भाग लिएका थिए। प्रतियोगितामा सिरहाको गोलबजारबाट गोलबजार युनाईटेड क्लव र गोलबजार स्पोर्टस् क्लव, सल्हेश युवा क्लव सिरहाले भाग लिएको थिए।

कोशिबाट राष्ट्रिय जागृति क्लव इटहरी, लालिगुराँस स्पोर्टस् क्लव विराटनगर, र चात्या सा फुटबल क्लव दमक झापा तथा  बागबतीबाट भने हेटौडा फूटबल एकेडेमीले प्रतियोगितामा सहभागी भएका छन्।  प्रतियोगिताको लागि नगरपालिकाले कुल २५ लाख बजेट विनियोजन गरिएको थियो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब