जुडशीतल हर्षोल्लासका साथ मनाइँदै

  • वैशाख २, २०८३ | २२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नयाँ वर्षको स्वागतसँगै सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व उत्साहका साथ मनाइँदैछ। विक्रम संवत्‌को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतल पर्वको मुख्य विधि सम्पन्न गरिँदैछ। 

यो पर्वले जीवनमा शीतलता, आरोग्यता र प्रकृतिसँगको सामीप्यतालाई झल्काउने गर्दछ। पर्वको मुख्य विशेषताका रूपमा आज घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिञ्चित गर्दै दीर्घायु र सुखद जीवनको आशीर्वाद दिने गर्छन्। 

वैशाख सङ्क्रान्तिको पहिलो दिन सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत कूलदेवतालाई चढाएर दान गर्ने परम्परा छ। आज दोस्रो दिन भने कूलदेवताको पूजाआराधना गरी दही, मुन्गाको तरकारी, बरी र कढी जस्ता विशेष परिकार पकाएर खाने चलन छ। गर्मी मौसममा शरीरलाई स्वास्थ्य राख्ने सुपाच्य परिकारहरूको प्रयोग गर्नु यस पर्वको वैज्ञानिक पक्ष मानिन्छ।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा सहकालको कामना गर्दै मैथिल समुदायका युवाहरू आज मध्याह्नमा एकआपसमा धुलो, माटो र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने तयारीमा छन्। माटो र पानीको यो खेललाई प्रकृतिप्रतिको सम्मानका रूपमा लिइन्छ। यति मात्र नभई, जुडशीतलका अवसरमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी हालेर वर्षभरि चिस्यान कायम रहोस् भन्ने कामना समेत गरिन्छ।

मिथिला क्षेत्रमा सबै जाति र समुदायले समान रूपमा मनाउने यो पर्वले आपसी सद्भाव, मेलमिलाप र सहकार्यको सन्देश प्रवाह गर्दछ। नयाँ वर्षको सुरुवातसँगै कृषि कर्मका लागि समय अनुकूल रहोस् र प्रकृतिले सबैको रक्षा गरोस् भन्ने मुख्य उद्देश्यका साथ यो पर्व मनाउने गरिएको स्थानीय जानकारहरूको भनाइ छ। विशेष गरी सिरहाको गोलबजार लगायतका क्षेत्रमा बिहानैदेखि जुडशीतलको छुट्टै रौनक देखिएको छ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब