रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थारुले ५८ वर्षिय बुबा जंगबहादुर थारुलाई आइतबार दिउँसो घरकै आँगनमा हातले घाँटी अठ्याइ बेहोस पारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले जनाएका छन् ।
सुनिल जंगबहादुरका माइलो छोरा हुन् । बुबालाई बेहोस बनाई फरार भएपछि जंगबहादुरलाई उपचारको लागि कपिलवस्तुको पिपरा अस्पताल कपिलवस्तु लैजाँदै गर्दा मत्यु भएको र अस्पताल पुर्याएपछि डाक्टरले मृत्यु घोषणा गरेको उनले जनाएका छन् ।
प्रहरीले सुनिललाई पक्राउ गरी आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । कञ्चन गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष केशरबहादुर खत्रीले घर बनाउने काम गर्ने यो परिवारको माइलो छोरा सुनिल भएको र उनको बिहे नभएको जनाए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved